२०८२, २ माघ शुक्रबार

चीनले भन्यो: ‘अर्को महिना कोरोना भाइरसका केही खोप तयार हुन्छ’

चीनले भन्यो: ‘अर्को महिना कोरोना भाइरसका केही खोप तयार हुन्छ’


काठमाण्डौ २३ फागुन: चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएको छ । र, यसमा स्थिर रुपमा सुधार आइरहेको बताएका छन् । अझै पनि भाइरसबाट सिक्ने क्रम जारी रहेको र अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने समेत उनले बताएका छन् ।

तर आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी हुन् ।

बालबालिकालाई पनि उत्तिकै जोखिम

कोरोना भाइरसको जोखिम बालबालिकामा पनि वयस्क मानिसमा जस्तै हुने गरेको चीनको दक्षिणी सहर सेन्जेन सहरका मानिसमा देखिएको संक्रमणको तथ्यांकले देखाएको छ । शोधकर्ताका अनुसार घरभित्रैका मानिसबाट यो रोग अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना १५ प्रतिशत पाइएको थियो । यो दर समग्रमा भने ७ दशमलव ८ प्रतिशत छ ।

तर, १० वर्षभन्दा कम उमेरका बालबालिकामा यो रोग सर्नसक्ने सम्भावना ७ दशमलव ४ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । शोधकर्ताले यो अध्ययन सेन्जेन सहरका ३९१ प्रमाणित संक्रमणमा जनवरी १४ देखि फेब्रुअरी १२ को बीचमा गरेका थिए ।

साथै बिरामीसँग निकट सम्बन्धमा रहेका १२८६ मानिसलाई पनि यो अनुसन्धानमा सामेल गराइएको थियो । विभिन्न शैक्षिक संस्थाका शोधकर्ताको संयुक्त अनुसन्धान मेडआरसिभमा प्रकाशित छ, जसअनुसार संक्रमितमध्ये ८४ प्रतिशतलाई शुरुमा ज्वरो देखिएको थियो ।  :एजेन्सी

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : १७ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति