२०८२, २९ फाल्गुन शनिबार

रेडक्रस काभ्रे शाखालाई चुनाव गर्न अनुमति, निर्वाचन अधिकृत ताल्चाभडेलले चुनाव गराउन मानेनन्

रेडक्रस काभ्रे शाखालाई चुनाव गर्न अनुमति, निर्वाचन अधिकृत ताल्चाभडेलले चुनाव गराउन मानेनन्


धुलिखेल, २३ फागुनः नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको निर्वाचन गर्न बाटो खुल्ला भएको छ । यसअघि माघ २५ गते तय गरिएको शाखाको निर्वाचन स्थागित भएको थियो । शाखामा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेलले तत्काललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

तर बिहीबार पुनः प्रशासन कार्यालयले निर्वाचन प्रक्रिया अघि बढाउन पत्र काटेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गत माघ २४ गते काटेको पत्रको स्मरण गराउँदैँ निर्वाचन प्रक्रिया अघि बढाउन पत्र मार्फत भनेकी छन् ।

प्रशासनको पत्र आएपछि पनि निर्वाचन प्रक्रिया भने अन्योलमा परेको छ । निर्वाचन अधिकृतले निर्वाचन प्रक्रिया अघि बढाउन नमानेको स्रोतले बताएको छ । काँग्रेस निकटका निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन प्रक्रिया अघि बढाउन नमानेका हुन् । ‘ताल्चाभडेले आफु यो विषयमा केहि नबोल्ने र जे लेखे पनि केहि फरक नपर्ने टेलिफोन सम्पर्कमा प्रतिक्रिया दिए ।’ ताल्चाभडेललाई निर्वाचन अधिकृतका रुपमा रेडक्रसको केन्द्रले तोकेर पठाएको हो । तर काँग्रेस निकटका पदाधिकारी हार्ने छाट देखिएपछि उनले चुनाव गराउन नसक्ने बहाना बनाएको बताइएको छ ।

रेडक्रसको चुनावमा कम्युनिष्ट र काँग्रेस प्यानल बनाएर होमिएका छन् । कम्युनिष्ट तर्फका वर्तमान सभापति रघुबर चौ प्रधानकै नेतृत्वमा १७ जना उम्मेवार घोषणा गरेर चुनानवी मैदानमा होमिएको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पदाधिकारीहरुले खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरी तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरी कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १३ पुसमा उजुरी दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ८ : २६ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज