२०८२, १९ मंसिर शुक्रबार

काभ्रेको कोशीपारी बस दुर्घटना अपटेडः ४० यात्रु घाइते (घाइतेको नाम सहित)

काभ्रेको कोशीपारी बस दुर्घटना अपटेडः ४० यात्रु घाइते (घाइतेको नाम सहित)


धुलिखेल, २१ फागुनः रामेछापको गुराँसेबाट काठमाण्डौका लागि हिडेको यात्रुबाहक बस काभ्रेको ढाँडखर्कमा दुर्घटनामा परेको छ । दुर्घटनामा ४० जना घाइते भएको छन् ।

२ जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारपछि एक जना यात्रु घर फर्किएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेतिर बा ४ ख ७१०२ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको इकालाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।

घटना लगत्तै फरार रहेको चालक सम्पर्कमा आइसकेका कात्तिकेदेउराली प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ७ : ११ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको