२०८२, ८ कार्तिक शुक्रबार

काभ्रेमा कोरोना भाइरसको सर्तकताः ठूला जमघट हुने कार्यक्रम नराख्न सबै स्थानीय तहको उर्दी !

काभ्रेमा कोरोना भाइरसको सर्तकताः ठूला जमघट हुने कार्यक्रम नराख्न सबै स्थानीय तहको उर्दी !


धुलिखेल, २१ फागुनः काभ्रेका प्रायः सबै स्थानीय तहले ठूला जमघट हुने कार्यक्रम नगर्न उर्दी जारी गरेका छन् । सदमुकाम धुलिखेलमा विश्वब्यापी महामारिको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) उच्च सतर्कता आउने प्रतिबद्धता जनाएको भोली पल्टै उनीहरुले यस्तो उर्दी जारी गरेका हुन् । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाले नै भिडभाड हुने ठूला कार्यक्रमहरुको आयोजना नगर्न सबैलाई आग्रह गरेका छन् ।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको संयोजकत्वमा बसेको बैठकले मानिसहरुको ठूला भिड हुने कुनै पनि कार्यक्रम तत्काललाई गर्न नदिने निर्णय गरेको थियो । त्यस्तै धुलिखेल अस्पताल र बनेपाको शीर मेमोरियल अस्पतालमा आइसोलेनस कक्ष सञ्चालनका लागि तयारी गर्ने समेत बैठकले निर्णय गरेको थियो ।

पनौती नगरपालिकाले बुधबार नगरभित्रका सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर कोरोनाबाट बच्ने उपायका बारे विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने निष्र्कष निकालेको छ । त्यस्तै नगरपालिकाले सहकारीको नाममा सुचना निकालेर कार्यक्रम स्थगित भएको जानकारी गराउँदै सभा, सम्मेलन, गोष्ठी, भ्रमण, महोत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम तत्काल नगर्न निर्देशन जारी गरेको छ ।

पाँचखाल नगरपालिकाको शिक्षा शाखाले पनि सुचना मार्फत विद्यालयमा अभिभावक भेला, अतिरित्ति÷साँस्कृतिक कार्यक्रम, बिहानीको सामुहिक प्रार्थना, सभा, समारोह जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

त्यसैगरी जिल्ला अति दुर्गम डाँडापारी क्षेत्रमा महाभारत गाँउपालिकाको वडा नम्बर ५ ले कोरोना भाइसर बच्न वडाबासीलाई सचेत गराएको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ६ : ५९ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले