२०८२, ४ कार्तिक सोमबार

काभ्रेको महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी स्थापना

काभ्रेको महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी स्थापना


धुलिखेल, २१ फागुनः काभ्रेको अति दुर्गम महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी संस्थाको शाखा स्थापना गरिएको छ । एक स्थानीय तह, एक साना किसान कृषि सहकारी सञ्चालन गर्ने सरकारको नीति अनुसार पालिकाको वडा नम्बर ५, ६ र ७ का किसानलाई समेटेर बुधबार महाभारत साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको हो ।

समितिको उपाध्यक्षमा केशरी माया बल, सचिवमा गणेश कुमार यस्माली र कोषाध्यक्षमा लक्ष्मी गोले चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा उत्सव रानामगर, अमृता आलेमगर, देवलाल यस्माली, अनिशा घलान र विष्णु माया वाइबा चयन भएका छन् । सहकारी सस्थापना गर्ने कार्यक्रममा तीन वडाका किसानहरु उपस्थित भएका थिए ।

सहकारी सञ्चालनका लागि हस्त बहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । सहकारी सञ्चालनमा आएपछी कृषि सम्बन्धी काम गर्न सजिलो हुने वडा नम्बर ५ का वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । ‘यो नेपाल सरकारकै एक स्थानीय तह, एक साना किसान कृषि सहकारी अवधारण अनुसार स्थापना भएको सहकारी हो पालिकाका प्रवक्ता समेत रहेको वडाध्यक्ष मोक्तानले भने ‘यसले हामीलाई कृषिसँग सम्बन्धि गतिविधि किसानको घरदैलोसम्म पुर्याउन थप मद्दत पुग्ने छ ।’

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ६ : ०५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,