२०८३, २६ आश्विन मंगलबार

काभ्रेको महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी स्थापना

काभ्रेको महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी स्थापना


धुलिखेल, २१ फागुनः काभ्रेको अति दुर्गम महाभारत गाउँपालिकामा साना किसान कृषि सहकारी संस्थाको शाखा स्थापना गरिएको छ । एक स्थानीय तह, एक साना किसान कृषि सहकारी सञ्चालन गर्ने सरकारको नीति अनुसार पालिकाको वडा नम्बर ५, ६ र ७ का किसानलाई समेटेर बुधबार महाभारत साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको हो ।

समितिको उपाध्यक्षमा केशरी माया बल, सचिवमा गणेश कुमार यस्माली र कोषाध्यक्षमा लक्ष्मी गोले चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा उत्सव रानामगर, अमृता आलेमगर, देवलाल यस्माली, अनिशा घलान र विष्णु माया वाइबा चयन भएका छन् । सहकारी सस्थापना गर्ने कार्यक्रममा तीन वडाका किसानहरु उपस्थित भएका थिए ।

सहकारी सञ्चालनका लागि हस्त बहादुर दर्लामीको अध्यक्षतामा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । सहकारी सञ्चालनमा आएपछी कृषि सम्बन्धी काम गर्न सजिलो हुने वडा नम्बर ५ का वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । ‘यो नेपाल सरकारकै एक स्थानीय तह, एक साना किसान कृषि सहकारी अवधारण अनुसार स्थापना भएको सहकारी हो पालिकाका प्रवक्ता समेत रहेको वडाध्यक्ष मोक्तानले भने ‘यसले हामीलाई कृषिसँग सम्बन्धि गतिविधि किसानको घरदैलोसम्म पुर्याउन थप मद्दत पुग्ने छ ।’

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ६ : ०५ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका