२०८३, ९ भाद्र बुधबार

भोली धुलिखेल नगरपालिकाका वडा कार्यालय बन्द

भोली धुलिखेल नगरपालिकाका वडा कार्यालय बन्द


धुलिखेल, १९ फागुनः काभ्रेको धुलिखेलमा यो वर्षको नवदुर्गा जात्रा सुरु भएको छ । नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा सोमबारबाट सुरु भएको हो । जात्रा मंगलबारसम्म चल्नेछ । नगरपालिकाले एक सुचना मार्फत मंगलबार नगरपालिका र सबै वडा कार्यालयहरु बन्द रहने जनाएको छ ।

जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न पनि आग्रह गरेको छ । यस्तो कार्य गर्दा जात्रा भर्न आउने पाहुनालाई दुख हुने र शान्ति सुरक्षाको अवस्थामा समस्या उत्पन्न हुने नगरपालिकाले बताएको छ ।

नगरपालिकाले मादक पदार्थ सेवन गरेर जात्रामा नआइदिन समेत अनुरोध गरेको छ । जात्रा सम्पन्न नभएसम्म नगरभित्रका सबै पसललाई बेलुन बिक्रि वितरण बन्द गर्न पनि नगरपालिकाले भनेको छ ।

नवदुर्गा जात्राको सुरुवात नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गाको देवस्थल निर्माण गरेको इतिहास भेटिन्छ ।

प्रकाशित मिति : २०७६, १९ फाल्गुन सोमबार  ६ : ४७ बजे

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत