२०८२, १९ मंसिर शुक्रबार

भोली धुलिखेल नगरपालिकाका वडा कार्यालय बन्द

भोली धुलिखेल नगरपालिकाका वडा कार्यालय बन्द


धुलिखेल, १९ फागुनः काभ्रेको धुलिखेलमा यो वर्षको नवदुर्गा जात्रा सुरु भएको छ । नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा सोमबारबाट सुरु भएको हो । जात्रा मंगलबारसम्म चल्नेछ । नगरपालिकाले एक सुचना मार्फत मंगलबार नगरपालिका र सबै वडा कार्यालयहरु बन्द रहने जनाएको छ ।

जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न पनि आग्रह गरेको छ । यस्तो कार्य गर्दा जात्रा भर्न आउने पाहुनालाई दुख हुने र शान्ति सुरक्षाको अवस्थामा समस्या उत्पन्न हुने नगरपालिकाले बताएको छ ।

नगरपालिकाले मादक पदार्थ सेवन गरेर जात्रामा नआइदिन समेत अनुरोध गरेको छ । जात्रा सम्पन्न नभएसम्म नगरभित्रका सबै पसललाई बेलुन बिक्रि वितरण बन्द गर्न पनि नगरपालिकाले भनेको छ ।

नवदुर्गा जात्राको सुरुवात नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गाको देवस्थल निर्माण गरेको इतिहास भेटिन्छ ।

प्रकाशित मिति : २०७६, १९ फाल्गुन सोमबार  ६ : ४७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको