२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकामा अनुगमन समितिले सक्रियता बढायो

धुलिखेल नगरपालिकामा अनुगमन समितिले सक्रियता बढायो


धुलिखेल, १८ फागुनः धुलिखेल नगरपालिकाको योजना अनुगमन समितिले सक्रियता बढाएको छ । उपप्रमुख बिमला शर्मा संयोजक रहेको समितिले नगरभित्र चालु आर्थिक वर्षभित्र सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तिब्रता दिएको हो । समितिले पछिल्लो एक हप्ताको बीचमा आधा दर्जन भन्दा बढी नगरस्तरीय योजनाहरुको अनुगमन सकाएको छ ।

समितिले आइतबार वडा नम्बर ४ को सेतीदेवी मार्ग ढलान, वडा नम्बर ५ श्रीखण्डपुरको महाकाली टोल जाने बाटोको ग्राभेल तथा स्तरोन्नतिको योजना अनुगमन गरेको हो । त्यस्तै नगर स्तरीय योजना अन्तर्गत वडा न ३ मा निर्माणाधिन ट्रिटमेन्ट प्लान्टको अनुगमन गरिएको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले बताए ।

यसअघि अनुगमन समितिले नगर स्तरीय योजना अन्तर्गत वडा नम्बर १ देबिटारको डुडामुख–घुमाउने चौर सडक र फोक्से भिर खानेपानी आयोजनाको अनुगमन गरेको थियो । सोहि दिन देबिटार खानेपानी योजनाको पनि अनुगमन गरिएको प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

प्राविधिक स्टेमिट अनुसार काम भए नभएको हेरेर मात्रै भुक्तानी दिने प्रावधान भएकाले पनि योजनाहरुको अनुगमनलाई समितिले तीब्रता दिएको हो । नगरस्तरीय बजेट मार्फत आलु आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन भइरहेको योजनाको अनुगमनका क्रममा हालसम्म कुनै त्रृटि नभेटिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ६ : ४५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक