२०८३, ३० भाद्र बुधबार

काभ्रेको महाभारत गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

काभ्रेको महाभारत गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा


धुलिखेल, १८ फागुनः काभ्रेको महाभारत गाउँपालिकाले मंगलबार (फागुन २० गते) सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आइतबार एक सुचना निकालेर मंगलबार माझी समुदायको पर्व लदी पुजाको अवसरमा सार्वजनिक बिदा दिने बताएको हो ।

फागुन १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता रविन मोक्तानले बताए । ‘सबै धर्म, संस्कृतिको सम्मान र संक्षरण गर्नु नै हामी सबैको दायित्व हो, प्रवक्ता मोक्तानले भने ‘लदी पुजा माझी समुदायले हर्ष उल्लासका साथ मनाउने भएका कारण सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

त्यसदिन पालिकाभित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने छ । २०६८ सालको जनगणना अनुसार १८ हजार २ सय ८३ जनसंख्या रहेको पालिकामा माझी समुदायको जनसंख्या १ सय ९० रहेको प्रवक्ता मोक्तानले बताए । पालिकाका उपाध्यक्ष समेत माझी समुदायकै हुन् ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ४ : ०१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक