धुलिखेल १७ फागुन : काभ्रे माविको आयोजनामा भएको जिल्ला स्तरीय ‘एकल गायन प्रतियोगिता’ सम्पन्न भएको छ । ।
एकल गायन प्रतियोगितामा माउण्ट भ्यू अंगे्रजी मावि धुलिखेलकी विद्यार्थी बविता तामाङ प्रथम, काभ्रे मावि बुडोलकी सविना निरौला द्धितिय र सामुदायिक बोर्डिङ स्कुल पनौतीका स्वरुप परियारले तृतिय स्थान हासिल गरेका छन् ।
विजयी बिद्यार्थीहरुलाई काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपलद्धय केशव श्रेष्ठ र विकास श्रेष्ठले प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार रमेश पाठक र विक्रम सुवालले निर्णायकको भुमिका निर्वाह गरेका थिए । शिक्षक तथा कार्यक्रम संयोजक उद्धव लुईटेलका अनुसार प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयबाट २० जना विद्याथीहरुले सहभागी भएका थिए ।
नेपाली लोक कला र संस्कृतिलाई जगेर्ना गर्न विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहेकाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिदै आएको प्रिन्सिपल कुमार मानन्धरले बताए ।
प्रतिक्रिया