२०८२, २४ कार्तिक सोमबार

सिन्धुपाल्चोकको सुकुटेमा महोत्सव हुने

सिन्धुपाल्चोकको सुकुटेमा महोत्सव हुने


धुलिखेल, १३ फागुनः सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा महोत्सव हुने भएको छ । सुकुटेमा पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव फागुन १७ देखि २० गतेसम्म चल्नेछ । सिन्धु पर्यटन व्यवसायी संघले आयोजना गरेको महोत्सवमा २० हजार पर्यटकले अवलोकन गर्ने बताइएको छ ।

महोत्सवमा तामाङ संस्कृति र झाँकी, नेवारी संस्कृति र धिमे बाजा, माझी समुदायको विशेष नाच र खैंजडी भजन आकर्षणका रुपमा राखिनेछ । त्यस्तै पालिका स्तरीय दोहोरी गीत, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वतृत्वकला प्रतियोगिता हुनेछ ।

लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, सुनकोशीमा र्याफ्टिङ प्रतिस्पर्धा समेत हुने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए । ‘यो बिलकुलै पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव हो, उनले भने ‘सुनकोशी यसको मुख्य आधार हो, स्थानीय कला, उत्पादनको प्रर्दशनीमा हामीले विशेष जोड दिएका छौँ ।’

उनका अनुसार महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुनेछ । महोत्सव सञ्चालनका लागि ३० देखि ३५ लाख खर्च हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ६ : ३२ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य