२०८३, २९ भाद्र मंगलबार

सिन्धुपाल्चोकको सुकुटेमा महोत्सव हुने

सिन्धुपाल्चोकको सुकुटेमा महोत्सव हुने


धुलिखेल, १३ फागुनः सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा महोत्सव हुने भएको छ । सुकुटेमा पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव फागुन १७ देखि २० गतेसम्म चल्नेछ । सिन्धु पर्यटन व्यवसायी संघले आयोजना गरेको महोत्सवमा २० हजार पर्यटकले अवलोकन गर्ने बताइएको छ ।

महोत्सवमा तामाङ संस्कृति र झाँकी, नेवारी संस्कृति र धिमे बाजा, माझी समुदायको विशेष नाच र खैंजडी भजन आकर्षणका रुपमा राखिनेछ । त्यस्तै पालिका स्तरीय दोहोरी गीत, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वतृत्वकला प्रतियोगिता हुनेछ ।

लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, सुनकोशीमा र्याफ्टिङ प्रतिस्पर्धा समेत हुने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए । ‘यो बिलकुलै पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव हो, उनले भने ‘सुनकोशी यसको मुख्य आधार हो, स्थानीय कला, उत्पादनको प्रर्दशनीमा हामीले विशेष जोड दिएका छौँ ।’

उनका अनुसार महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुनेछ । महोत्सव सञ्चालनका लागि ३० देखि ३५ लाख खर्च हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ६ : ३२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक