२०८२, २ माघ शुक्रबार

रोशीमा मेलमीलाप कर्ताबीच अभ्यास आदानप्रदान

रोशीमा मेलमीलाप कर्ताबीच अभ्यास आदानप्रदान


धुलिखेल, ६ फागुनः काभ्रेको रोशी गाउँपलिकामा मेलमीलापकर्ताहरुलाई अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गाउँपालिकाभित्र रहेका १ देखि १२ वडामा कार्यरत मेलमिलापकर्तालाई र न्यायिक समितिका सदस्यहरुका बीचमा अनुभवको आदानप्रदान भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी वर्तौलाले न्याय सम्पादनमा देखा परेको समस्या र मेलमिलापकर्ताहरुले अबलम्बन गर्नुपर्ने कामका बारेमा बताए । कार्यक्रम प्राकृतिक श्रोत तथा द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा भएको हो ।

कार्यक्रममा ३४ जना मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरुले सहभागीता जनाएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले कार्यक्रम प्रभावकारी भएको र यसका लागि न्यायिक समिति र मेलमिलापकर्ताबीचको आपसी सहकार्यको जरुरी भएको बताए । कार्यक्रमको सहजीकरण काभ्रेका सहजकर्ता सञ्जय न्यौपाने र गीता सिलवालले गर्नुभएको जिल्ला परियोजना संयोजक उमा थापाले बताइ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ६ : २० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा