२०८३, २१ आश्विन बिहीबार

प्रधानमन्त्री ओलीले गरे मन्त्री बाँस्कोटा र मेयर अशोकको तारिफ (भिडियाे सहित)

प्रधानमन्त्री ओलीले गरे मन्त्री बाँस्कोटा र मेयर अशोकको तारिफ (भिडियाे सहित)


धुलिखेल, ५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र धुलिखेलका मेयर अशोक ब्याञ्जुको तारिफ गरेका छन् । सोमबार धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सम्बोधन गर्न धुलिखेल आएका प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटा र ब्याञ्जुको मुक्तकण्ठले प्रशंसा गरे ।

निकै छोटो समयमा काभ्रे जिल्लाको विश्वविद्यालय, मठमन्दिर, सागसब्जी, फलफुल र राजमार्गको चर्चा गर्न ब्याएका प्रधानमन्त्री ओलीले भने ‘सरकारको विरोध गर्नु पर्यो भने गोकुल जी भए पुग्छ ।’

धुलिखेल नगरपालिकाले काभ्रे जिल्लाको मात्रै होइन सिँगो देशको नेतृत्व गरिरहेको छ । मेयर अशोक ब्याञ्जु धुलिखेलका मात्रै होइन्, देशभरका नगरपालिकाहरुका नेतृत्व गर्ने ठाउँमा हुनुहुन्छ, उहाँभित्र केहि क्षमतावान भएरै त्यो ठाउँमा पुग्नुभएको हो, जुन विश्वासका साथ त्यो ठाउँमा पुग्नुभएको छ त्यसका लागि धन्यवाद ।’ प्रधानमन्त्री ओलीले भने ।

काभ्रे जिल्ला प्रतिभाशाली ब्यक्ति जन्माउने जिल्ला भएको भन्दै उनले राजनीतिक रुपमा हेर्ने हो भने एउटा तुलामा देशभरका एकपट्टी र अर्को पट्टी गोकुल बास्कोटा एक्कै काफि भएको बताए । ‘सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटा तिर हेर्ने बित्तिकै चुबो लाग्छन् ।’प्रधानमन्त्रीले तारिफ गर्दा एउटै मञ्चमा रहेको मन्त्री बाँस्कोटा र मेयर ब्याञ्जु मुसुमुसु हासिँरहेका थिए ।

मञ्चमा धेरै समय नबिताएका प्रधानमन्त्री ओलीले देशमा हरेक दिन युगान्ताकारी काम भइरहेको बताए । प्रधानमन्त्री ओलीले देशमा भइरहेको काम देखेर दुनियाँ छक्क परिरहेको समेत बताए । उनले काठमाण्डौको तार जमिन मुनि गाड्ने देखि ठूल–ठुला सडक परियोजनाहरु देशमा सञ्चालन भइरहेको भन्दै देशको विकासलाई कसैले छेक्न नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०७६, ५ फाल्गुन सोमबार  ६ : ५२ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक