२०८२, २८ चैत्र आईतबार

लिसंखु-पाखर गाउँपालिकाका पशुपालक किसानलाई सहुलिय ऋण

लिसंखु-पाखर गाउँपालिकाका पशुपालक किसानलाई सहुलिय ऋण


धुलिखेल, ४ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकाले पशुपालक किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । पालिकाले एक सुचना निकालेर ब्यवसायिक पशुपन्छी पालन गर्ने किसानहरुसँग निवेदन माग गरेको छ । पालिकाले किसानलाई १ प्रतिशत ब्याजदर कायम गरेर ऋण दिन लागेको हो । पशुपालन गर्ने ब्यक्ति, फर्म, समूह र कम्पनीले सहुलियत दरको ऋण पाउने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

पालिकाले स्थापना गरेको ब्यवसायिक पशुपन्छी विकास कोषमा जम्मा भएको रकम सहुलियतपूर्ण ऋण स्वरुप किसानलाई दिन लागेको हो । ‘हामीले किसानहरुको हितका लागि भनेर एउटा कोष खडा गरेका थियौँ, प्रमुख प्रशासकीय अधिकृत दुलालले भने ‘त्यहि कोषमा जम्मा भएको रकम सहुलियतपूर्ण ऋणका रुपमा पशुपालक किसान दाजुभाई दिदीबहिनीले पाउनुहुनेछ ।’

किसानले ऋण सहकारी मार्फत पाउनेछन् । त्यसका पालिकाले ४ वटा सहकारी छनौट गरेर सम्झौता समेत गरिरकेको छ । पालिकाभित्र ७ ओटा वडा रहेका छन् । पालिकाले एक महिनाभित्र निवदेन दिन पनि भनेको छ । ‘यो ऋण बापतको रकम सहकारी मार्फत किसानहरुले पाउने हो, सहकारीसँग हामीले सम्झौता गरिसकेका छौँ, दुलालले भने ‘सहकारीले हाम्रो नियम अनुसार ऋण प्रवाह गर्नुपर्नेछ, त्यो सम्झौतामा स्पष्टसँग उल्लेख गरिएको छ, अतिरिक्त शुल्कको नाम कुनै पनि किसानसँग तोके भन्दा बढी रकम अशुले कारबाहि हुनेछ, यो पशुपाल्ने किसान प्रोत्सान कार्यक्रम हो ।’

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ७ : १६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४