२०८२, २५ कार्तिक मंगलबार

काभ्रेको बनेपा बुडोलमा स्वास्थ्य चौकी भवनको शिलान्यास

काभ्रेको बनेपा बुडोलमा स्वास्थ्य चौकी भवनको शिलान्यास


धुलिखेल ३ फागुन : बनेपा नगरपालिका वडा नं ६ बुडोलमा नयाँ निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईंले ४ कोठे पक्की भवनको आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद हुमागाईंले जनताको सेवक जनप्रतिनिधि भएकाले जनताको आधारभुत आवश्यकता पुरा गर्न आफु लागिपरेकोे बताउनुभयो ।सांसद हुमागाईंले समृद्धीको आधार स्वास्थ्य शिक्षा र रोजगार भएकाले निर्वाचनको बेला गरेका प्रतिबद्धता पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा सापकोटा दाहलले वडा नं ६ कार्की गाउँमा अवको १ महिनाभित्र खानेपानीको व्यवस्था हुने बताउनुभयो । उप–प्रमुख दाहलले जनातको घरदैलोमा खानेपानी पु¥याएर स्वास्थ्य सरसफाई अभियान संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं ६ अध्यक्ष सचितानन्द केसीले प्रदेश सरकारले आफ्नो वडा भित्र सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सासद हुमागाईले नेतृत्व गर्नुभएकोमा प्रसंसा गर्नुभयो ।

यसैगरी कार्यक्रममा यूवा समाजसेवी भेषराज शाहले वडामा संचालन हुने हरेक आयोजनाहरुको डिपिआर बनाएर कामशुरु गर्नुपर्ने बताउनु भयो । यसैगरी यो वर्ष भित्रै वडा भवनको माथिल्लो तल थप गर्ने भएको छ ।

प्रकाशित मिति : २०७६, ३ फाल्गुन शनिबार  ८ : ५४ बजे

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती