२०८३, ३० असार बुधबार

काभ्रेको बनेपा बुडोलमा स्वास्थ्य चौकी भवनको शिलान्यास

काभ्रेको बनेपा बुडोलमा स्वास्थ्य चौकी भवनको शिलान्यास


धुलिखेल ३ फागुन : बनेपा नगरपालिका वडा नं ६ बुडोलमा नयाँ निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईंले ४ कोठे पक्की भवनको आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद हुमागाईंले जनताको सेवक जनप्रतिनिधि भएकाले जनताको आधारभुत आवश्यकता पुरा गर्न आफु लागिपरेकोे बताउनुभयो ।सांसद हुमागाईंले समृद्धीको आधार स्वास्थ्य शिक्षा र रोजगार भएकाले निर्वाचनको बेला गरेका प्रतिबद्धता पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा सापकोटा दाहलले वडा नं ६ कार्की गाउँमा अवको १ महिनाभित्र खानेपानीको व्यवस्था हुने बताउनुभयो । उप–प्रमुख दाहलले जनातको घरदैलोमा खानेपानी पु¥याएर स्वास्थ्य सरसफाई अभियान संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं ६ अध्यक्ष सचितानन्द केसीले प्रदेश सरकारले आफ्नो वडा भित्र सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सासद हुमागाईले नेतृत्व गर्नुभएकोमा प्रसंसा गर्नुभयो ।

यसैगरी कार्यक्रममा यूवा समाजसेवी भेषराज शाहले वडामा संचालन हुने हरेक आयोजनाहरुको डिपिआर बनाएर कामशुरु गर्नुपर्ने बताउनु भयो । यसैगरी यो वर्ष भित्रै वडा भवनको माथिल्लो तल थप गर्ने भएको छ ।

प्रकाशित मिति : २०७६, ३ फाल्गुन शनिबार  ८ : ५४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै