२०८२, २१ असार शनिबार

सिन्धुपाल्चोकको गुम्बामा एक बालक गम्भीर बिरामी, बिज्ञ टोली अझै पुगेन

सिन्धुपाल्चोकको गुम्बामा एक बालक गम्भीर बिरामी, बिज्ञ टोली अझै पुगेन


धुलिखेल, १ फागुनः सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा केहिदिन यता फैलिएको रुघा, खोकी र ज्वरोका कारण एक बालक गम्भीर बिरामी गरेका छन् । बुधबार  चिकित्सकको सम्पर्कमा गम्भीर बिरामी भएका दुई जना बालक आएका थिए ।

गम्भीर दुई बालक मध्ये एक जना भने उपचार पछि सामान्य अवस्थामा फर्किएको गुम्बा सामुदायिक स्वास्थ्य इकाई प्रमुख अहेब हिक्मत बिसीले जानकारी दिए । गम्भीर बिरामी ति बालकलाई थप उपचारका लागि चिकित्सहरु अन्यत्रै जान पठाएपनि नमानेको अहेब जिसीले बताए ।

अहिले जरबिरे प्राथमिक स्वास्थ्य चौकीका डाक्टर, सामुदायिक स्वास्थ्य इकाई प्रमुख अहेब हिक्मत बिसी, गुम्बा स्वास्थ्य चौकीका प्रमुख र पालिकाका स्वास्थ्य स्वास्थ्य संयोजक अनिल साउदको टोली उपचारमा खटिएको छ । गुम्बा सामुदायिक स्वास्थ्य इकाइको सेवा क्षेत्रभित्र कम्तिमा ३५ सय मानिस रहेको बताइएको छ । २ सय ९० जनाको उपचार गरिएको छ । त्यसमा कतिपय दोहोरो जाँचका लागि पनि आएको सामुदायिक स्वास्थ्य इकाई प्रमुख बिसीले बताए ।

ठाउँ अभावमा चिकित्सकको निगरानीमा राखेर उपचार गर्न समेत समस्या भएको छ । सामुदायिक स्वास्थ्य इकाइमा राखेर उपचार गर्न पुग्ने ठाउँ छैन् । बिरामीको चाप निकै बढ्दो छ ।

यसैबीच बुधबार साझँ नै पुग्ने भनेको विज्ञ टोली अहिलेसम्म पनि पुगेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर बुधबार साझँ नै विज्ञ टोली पुग्ने बताएको थियो । तर अहिलेसम्म नपुगेको हो ।

प्रकाशित मिति : २०७६, १ फाल्गुन बिहीबार  ९ : २५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न