२०८२, २५ कार्तिक मंगलबार

काभ्रेका १३ वटै स्थानीय सरकार विकास निर्माणको सहि गतिमै !

काभ्रेका १३ वटै स्थानीय सरकार विकास निर्माणको सहि गतिमै !


धुलिखेल, २७ माघः काभ्रे जिल्लाका १३ वटै स्थानीय तहहरुले आफुहरु नीति, कार्यक्रम र बजेट भन्दा बाहिर नरहेको निष्कर्ष निकालेका छन् । सोमबार जिल्ला समन्वय समितिले आयोजा गरेको स्थानीय तहहरुको अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागि उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका जिम्मेवार पदाधिरी सहभागि समीक्षा बैठकले आफुहरु विकास निर्माणको सहि गतिमै रहेको निष्कर्ष निकालेर कार्यक्षेत्र फर्किएका छन् । समीक्षा बैठकमा अधिकांश नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागि थिए । त्यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहभागि रहेको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए ।

जिल्लाका धेरै स्थानीय तहले दोस्रो चौमासिक सकिन लाग्दा समेत ठेक्का प्रक्रिया टुंग्याउन सकेका छैन् । कतिपय स्थानीय तहले भौतिक पूर्वाधार निर्माण तर्फका योजना सम्झौता गरेपनि कार्यान्वयनमा आउन सकेका छैनन् । लक्षित वर्ग तर्फका कार्यक्रमको अवस्था पनि उस्तै छ । पहिला जिल्ला विकास समिति कार्यकारी हुदाँ खोजिको योजनामा बजेट वियोजन गराउने नेताहरु नै अहिले स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । अहिले पनि उपभोक्ताको आवश्यकता भन्दा जर्बजस्ती योजना थोपार्ने प्रबृत्तिको कम भएको छैन् । अनुगमनको पाटो उस्तै खुकुलो छ । तर समीक्षामा भने जिल्लाका सबै स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरुले एकै स्वरमा आफुहरु विकास निर्माणको सहि दिशामै रहेको दाबी गरे ।

बैठकमा १३ वटै पालिकाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षभित्र छुट्याइएको बजेट, योजना र हालसम्म हासिल भएका उलब्धी समेटिएको प्रतिवेदन सुनेपछि आफु निकै हौसिएको जिसस प्रमुख केसीले बताए । ‘जिल्लाका कुनै पनि पालिका विकास निर्माणको लिगबाट बाहिर जानुभएको मैले पाइन, जिसस प्रमुख केसीले भने ‘धेरै पालिकामा यो वर्षको भर्खर काम सुरु हुदैँछ छन्, यो अर्धबार्षिक हो, एक वर्षको समीक्षामा हामीले धेरै प्रगति गरेका हुनेछाैँ।’

बैठकमा नगरसभा र गाउँसभाले पारित गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सन्दर्भमा पनि ब्यापक बहस भएको थियो । सभाले पारित गरेको योजना कार्यान्वयनलाई प्रतिशतमा उल्लेख गर्दै स्थानीय तहले जिसस प्रमुख समक्ष प्रगतिको चाङ प्रस्तुत गरे । तर जननिर्वाचित प्रतिनिधि स्थानीय तहमा आएको तीन वर्ष बित्नै लाग्दा समेत आम नागरिकको दैनिकीमा परिवर्तन आउने गरी काम भने स्थानीय सरकारहरुले गर्न सकेका छैनन् । ‘विकास निर्माणको क्षेत्रमा अहिले नै नगरपालिका र गाउँपालिका मध्ये कुन चाँहि अघि बढे भनेर तुलना गर्ने बेला भइसकेको छैन, जिसस प्रमुख केसीले भने ‘उहाँहरु एउटा लामो दौडमा निस्कनु भएको छ, त्यो दौड पार गर्ने बेला अहिले तुलना गरिएको भन्दा फरक नजिता आउँछ, त्यसैले अहिले नै बेला भएको छैन ।’

प्रकाशित मिति : २०७६, २७ माघ सोमबार  ८ : ०० बजे

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती