२०८३, ३० असार बुधबार

काभ्रेका १३ वटै स्थानीय सरकार विकास निर्माणको सहि गतिमै !

काभ्रेका १३ वटै स्थानीय सरकार विकास निर्माणको सहि गतिमै !


धुलिखेल, २७ माघः काभ्रे जिल्लाका १३ वटै स्थानीय तहहरुले आफुहरु नीति, कार्यक्रम र बजेट भन्दा बाहिर नरहेको निष्कर्ष निकालेका छन् । सोमबार जिल्ला समन्वय समितिले आयोजा गरेको स्थानीय तहहरुको अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागि उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका जिम्मेवार पदाधिरी सहभागि समीक्षा बैठकले आफुहरु विकास निर्माणको सहि गतिमै रहेको निष्कर्ष निकालेर कार्यक्षेत्र फर्किएका छन् । समीक्षा बैठकमा अधिकांश नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागि थिए । त्यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहभागि रहेको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए ।

जिल्लाका धेरै स्थानीय तहले दोस्रो चौमासिक सकिन लाग्दा समेत ठेक्का प्रक्रिया टुंग्याउन सकेका छैन् । कतिपय स्थानीय तहले भौतिक पूर्वाधार निर्माण तर्फका योजना सम्झौता गरेपनि कार्यान्वयनमा आउन सकेका छैनन् । लक्षित वर्ग तर्फका कार्यक्रमको अवस्था पनि उस्तै छ । पहिला जिल्ला विकास समिति कार्यकारी हुदाँ खोजिको योजनामा बजेट वियोजन गराउने नेताहरु नै अहिले स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । अहिले पनि उपभोक्ताको आवश्यकता भन्दा जर्बजस्ती योजना थोपार्ने प्रबृत्तिको कम भएको छैन् । अनुगमनको पाटो उस्तै खुकुलो छ । तर समीक्षामा भने जिल्लाका सबै स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरुले एकै स्वरमा आफुहरु विकास निर्माणको सहि दिशामै रहेको दाबी गरे ।

बैठकमा १३ वटै पालिकाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षभित्र छुट्याइएको बजेट, योजना र हालसम्म हासिल भएका उलब्धी समेटिएको प्रतिवेदन सुनेपछि आफु निकै हौसिएको जिसस प्रमुख केसीले बताए । ‘जिल्लाका कुनै पनि पालिका विकास निर्माणको लिगबाट बाहिर जानुभएको मैले पाइन, जिसस प्रमुख केसीले भने ‘धेरै पालिकामा यो वर्षको भर्खर काम सुरु हुदैँछ छन्, यो अर्धबार्षिक हो, एक वर्षको समीक्षामा हामीले धेरै प्रगति गरेका हुनेछाैँ।’

बैठकमा नगरसभा र गाउँसभाले पारित गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सन्दर्भमा पनि ब्यापक बहस भएको थियो । सभाले पारित गरेको योजना कार्यान्वयनलाई प्रतिशतमा उल्लेख गर्दै स्थानीय तहले जिसस प्रमुख समक्ष प्रगतिको चाङ प्रस्तुत गरे । तर जननिर्वाचित प्रतिनिधि स्थानीय तहमा आएको तीन वर्ष बित्नै लाग्दा समेत आम नागरिकको दैनिकीमा परिवर्तन आउने गरी काम भने स्थानीय सरकारहरुले गर्न सकेका छैनन् । ‘विकास निर्माणको क्षेत्रमा अहिले नै नगरपालिका र गाउँपालिका मध्ये कुन चाँहि अघि बढे भनेर तुलना गर्ने बेला भइसकेको छैन, जिसस प्रमुख केसीले भने ‘उहाँहरु एउटा लामो दौडमा निस्कनु भएको छ, त्यो दौड पार गर्ने बेला अहिले तुलना गरिएको भन्दा फरक नजिता आउँछ, त्यसैले अहिले नै बेला भएको छैन ।’

प्रकाशित मिति : २०७६, २७ माघ सोमबार  ८ : ०० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै