२०८२, २९ फाल्गुन शनिबार

भुम्लुको बन्देउटारमा यस्तो बन्दैछ भ्यूटावर सहितको बुद्ध पार्क

भुम्लुको बन्देउटारमा यस्तो बन्दैछ भ्यूटावर सहितको बुद्ध पार्क


धुलिखेल, २७ माघः आन्तरिक पर्यकटहरुको केन्द्रविन्दु बन्दै गएको काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ बन्देउटारमा भ्यूटावर सहितको बुद्धपार्क निर्माण सुरु भएको छ । पार्कको आइतबार बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा भ्यूटावर र पार्क निर्माण हुनेछ ।‘प्रदेशभित्रका हरेक ठाउँहरुको आ आफ्नै परिचय छ, ती ठाउँहरुलाई उजागर गर्न जरुरी छ, मन्त्री नेपालले भने ‘प्रदेश सरकार ओझेलमा परेका पर्यटकहरुका लागि नयाँ गन्तब्यका लागि समेत नयाँ ठाउँहरुको विकासमा प्रदेश सरकार जुटेको छ ।’

दोलालघाट बजारदेखि पार्क पुग्ने ठाउँमासम्म सिँढी निर्माण हुनेछ । ‘दोलालघाट आफैमा पर्यटकीय हिसाबले चिरपरिचित ठाउँ हो, यो पार्क निर्माण भएपछि अझ थप चिनारी बढ्ने छ, प्रदेश सांसद लक्ष्मण लम्सालले भने ‘सबैको सहकार्य विकास निर्माण अघि बढ्ने हो, यसमा हामी निर्वाचित जनप्रनिधिको साथ र सहयोग सधै भइरहनेछ ।’

पार्कलाई भने पिकनिङ स्थलको रुपमा विकास गरिने वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिए । ‘पार्कलाई चाँहि हामी पिकनिक स्थलका रुपमा विकास गर्ने गरि छलफल गरिरहेका छौँ, वडाध्यक्ष तामाङले भने ‘पिकनिङ स्थललाई चाँहि आवश्यक पूर्वाधार खानेपानी, शैचालयको निर्माण पनि हुनेछ ।’

भ्याट बाहेक १ करोड ९६ लाख ६५ हजार ३ सय ८० रुपैयाँमा निर्माण हुने पार्क सहितको भ्यूटावर चालु आर्थिक वर्षभित्र पुरा हुनेछ ।

प्रकाशित मिति : २०७६, २७ माघ सोमबार  ९ : २९ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज