२०८२, २२ असार आईतबार

चौकी आक्रमण गर्ने अझै फेला परेनन

चौकी आक्रमण गर्ने अझै फेला परेनन


धुलिखेल, २६ माघः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकी माथि आक्रमण गर्नेहरु अझै पक्राउ पर्न सकेका छैनन् । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले आक्रमण भइरहेको बेला नै नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानमा बाधा पुग्ने भन्दै नियन्त्रणमा लिएको ती ब्यक्तिको नाम र ठेगाना खुलाएको छैन ।

पक्राउ परेका ती ब्यक्तिले अन्य ८ जनाको नाम लिएको र खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । अज्ञात समुहको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका असई सन्तोष कुमार झाको प्रहरी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उनको अवस्था सुधारान्मुख रहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । अर्का घाइते प्रहरी हवल्दार हरिबहादुर मगर भने उपचारपछि कार्यक्षेत्र फर्किएका छन् ।

मदिरा सेवन गरी आएका युवाहरुको समुहले राति प्रहरी चौकी अगाडी आएर होहल्ला गरेको थियो । ठूल–ठुला स्वरमा कराएपछि सुतिरहेका प्रहरी बाहिर आए । हो हल्ला नगर्न अनुरोध गरे । तर मदिराले लठ्ठिएका युवाहरुले प्रहरी माथि आक्रमण सुरु गरे । पाँच जनाको दरबन्दी रहेको चौकीमा दर्जनभन्दा बढीको संख्यामा युवाहरु प्रहरी माथि जाईलागे । प्रहरीको कार्यालय परिसरभित्रै प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको भनाई छ । प्रहरीले आत्मरक्षाको लागि हवाइ फायर गरेपछि मात्रै उनीहरु भागेका थिए ।

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  ६ : ५८ बजे

हुम्लामा खुशीयाली ! प्रधानमन्त्री ओलीद्वारा हुम्लाको खार्पुनाथ पुल उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली

आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ

काठमाडौं । आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो

हरिशयनी एकादशी : बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड हेर्नुहोस् तस्वीर

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा