२०८२, २७ जेष्ठ मंगलबार

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात निर्यात ठप्प

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात निर्यात ठप्प


धुलिखेल, २६ माघः चीनमा फैलिएको कोरोनाभाइरका कारण उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात निर्यात ठप्प भएको छ । माघ १७ गतेदेखि नाका बन्द हुदाँ आयात निर्यात ठप्प भएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए ।

नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने सबै प्रक्रिया बन्द रहेको उनले बताए । तातोपानी नाकाबाट मालबाहक कन्टेनर भ्यान मात्रै ओहोरदोहोर गर्थे । तर कोरोनाभाइरसको कारण देखाउँदै चिनियाँ पक्षले १५ दिनका लागि भन्दै नाका बन्द गरेकाे हो । भुकम्पका कारण बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएदेखिनै मानिसको आवातजावात गर्न दिइएको थिएन । ‘तातोपानी नाका चाँहि पारवहन र ब्यापारका लागि मात्रै सुचारु गरिएको हो, त्यसैले यो नाकाबाट पर्यटकीय गतिविधि कुनै पनि हुदैँन् उनले भने ‘ब्यापार पारवहन पनि ठप्प छ ।’

नाका बन्द नहुदाँ तातोपानीबाट दैनिक ५०/६० वटा मालबाहक भ्यान ओहोरदोहोर गर्ने गरेका थिए । रसुवागढी नाकाबाट भने दैनिक सरदर १ सय भ्यानहरु वारपार गर्ने गरेका रसुवागढी नाका समेत हेर्ने जिम्मेवारी पाएका अध्यागमन प्रमुख काफ्लेले बताए । रसुवागढीबाट चिनियाँ पर्यटक समेत आउने गर्थे । तर अहिले यो नाका पनि बन्छ । केरुङमा ब्यापार ब्यवसाय गर्दै आएको करिब २ सय नेपाली ब्यापारी समेत नेपाल फर्किएका छन् । रसुवागढी नाकामा कोरोनाभाइरस, ल्होछार पर्व र सुख्खा पहिरोको कारण देखाइएको छ भने तातोपानी नाकामा कोरोनाभाइरसको मात्रै कारण देखाएर चिनियाँ पक्षले बन्द गरेको अध्यागमन प्रमुख काफ्लेले बताए ।‘नाका बन्द हुदाँ बोर्डर छेउछाउ ब्यापार ब्यवसाय निकै खस्किएको छ, उनले भने ‘बोर्डरमा अपनाउन सकिने जति सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेका छौँ ।’

तातोपानी नाकामा माघ १२ गतेदेखि हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । भोटेकोशी गाउँपालिकाको हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो । एक जना अहेब र अनमी हेल्थ डेक्समा राखिएको पालिकाका स्वास्थ्य संयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । स्वास्थ्य उपकर सहित बोर्डर नजिकै रहेको क्लब भवनमा डेक्स सञ्चालनमा ल्याइएको छ । ‘बोर्डरमै रहेको क्लब भवनमा हेल्थ डेक्स पालिकाले सञ्चालनमा ल्याएको हो, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘ज्वरो नाप्ने थर्ममिटर सहितको उपकरण राखेर अहेब र अनमीको टोली बस्ने गरेको छ ।’

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  २ : २८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक