२०८३, १९ बैशाख आईतबार

काभ्रे रेडक्रसमा भूकम्पप्रभावितका नाममा दोहोरो तलबभत्ता !

काभ्रे रेडक्रसमा भूकम्पप्रभावितका नाममा दोहोरो तलबभत्ता !


धुलिखेल, २५ माघ: विपत्ती परेको बेला सके आफैले सकाउनुपर्ने हो । न सके सघाउ भनेर पठाएको रकम वा सामान सम्बन्धित ब्यक्तिलाई दिनुपर्ने हो । अझ रेडक्रस त विश्वमा एउटा कल्याणकारी संस्थाको रुपमा परिचित । तर नेपाल र त्यसमा पनि रेडक्रस काभ्रे शाखा भने विपत्तिमा सहयोग गर्न दातृ निकायले पठाएको रकम हिनामिनाको चंगुमा फसेको छ ।

२०७२ साल बैशाख १२ को विनाकारी भुकम्पपछि दातृ निकायको पैसामा रजाई गर्नेमा रेडक्रस काभ्रेका जिम्मेवार पदाधिकारीहरु नै सबैभन्दा अग्रस्थानमा देखिएका छन् । फलस्वरुप सहयोग गर्न पठाएको रकम हिनामिनाको आरोपमा अहिले रेडक्रस काभ्रेका वर्तमान सभापति सहितका पदाधिाकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घेरामा छन् ।

अख्तियारमा उजुरी परेकै बेला रेडक्रस शाखाले शनिबार चुनावको मिती तोक्यो । प्यानल नै बनाएर चुनावी प्रचारप्रसारमा होमिए पनि । तर जिल्ला प्रशासन कार्यालय काभ्रेले चुनाव रोक्न गोप्य पत्र पठायो । पत्रमा गोप्य लेखियो मात्रै, गोप्य भने रहन सकेन । रेडक्रस शाखाका कतिपय पदाधिकारीले गोप्य भनिएको उक्त पत्र पढ्न नपाउँदै सामाजिक सञ्जालभर छरपष्ट भइसकेको थियो ।

वर्तमान सभापति रघुवर चौप्रधान सहितका पदाधिकारीले रकम अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बेला चुनाव गर्न खोजिएको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गोप्य को हवाला दिदैँ पत्र लेखेकि थिइन् । यो पटकको शाखाको चुनावमा अनियमितताको आरोप लागेका प्रधान नै सभापतिको उम्मेवार थिए । अझ रमाइलो कुरा त के छ भने सभापति प्रधानले शुक्रबार साझँ ५ बजेर १३ मिनेट जाँदा जिल्ला सहित राष्ट्रिय सञ्चार माध्यमको इमेल ठेगानामा शाखाभित्र भएको अनियमितालाई थप बल पुग्ने गरी आफ्नो भनाई स्पष्टिकरणका रुपमा लेखिपठाएका छन ।

[email protected] नामको इमेलबाट पठाइएको पत्रमा काभ्रे शाखाको चुनाव स्थगित भएजस्तै फागुन २१ देखि २३ गतेसम्म हुने केन्द्रिय महाअधिवेशन र निर्वाचन पनि स्थगित हुने सभापति प्रधानले लेखेका छन् ।

उनले पठाएको इमेलमा २०७२ सालको भूकम्पमा दातृ निकायले दिएको रकमबाट रेडक्रसका वर्तमान सभापति रघुवर चौ प्रधान, निर्बतमान सभापति श्यामसुन्दर श्रेष्ठ, मन्त्री उद्धवप्रसाद पौडेल, कुमार कार्की र रघुनाथ हुमागाईँले दोहोरो तलब सुविधा लिएको उजुरीमा अख्तियारले अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । त्यस्तै रेडक्रसले परियोजना सञ्चालन गरेका केहि वडाका वडाध्यक्ष र शिक्षकले समेत दोहोरो तलब लिएर विपत्तीमा परेकालाई सहयोग गर्न आएको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारमा दुरुपयोग आयोगले छानविन गरिरहेको भनिएको छ ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ७ : २९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा