२०८३, ३० भाद्र बुधबार

पनौतीका ३ सय किसानले पाए भैँसीको पाडी (फोटो फिचर)

पनौतीका ३ सय किसानले पाए भैँसीको पाडी (फोटो फिचर)


धुलिखेल, २५ धुलिखेलः पनौती नगरपालिकाले यो वर्षका लागि भैँसीको पाडी वितरणको काम सकाएको छ । पालिकाले शुक्रबार वडा नम्बर १२ भूमिडाँडाका ५० जना किसानलाई पाडी वितरण गरेर कार्यक्रम सकाएको हो । यो वर्ष नगरपालिकाले ३ सय वटा पाडी वितरण गरेको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

आफ्नो बार्षिक नीति तथा कार्यक्रममै भैँसी जोगाउ अभियान चलाउने योजना समावेश गरेको नगरपालिकाले पुस दोस्रो साता वडा नम्बर १ का ४२ जना किसानलाई भैसीको पाडी वितरण गरेर कार्यक्रमको सुरुवात गरेको थियो । “भैँसी सरंक्षण, संवद्र्धन र अनुवंशिक सरंक्षणका लागि पनौती नगरपालिकाको अभियान“ भन्ने मूल नाराका साथ वडा नम्बर १ देखि वडा नम्बर १२ सम्म भैँसीको पाडी वितरण गरिएको हो ।

नगरपालिकाले वडा नम्बर १ मा ४२ वटा, २ मा ३५ वटा, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै पाडी वितरण गरेको छ । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०/२० वटा भैँसीको पाडी वितरण गरिएको छ ।

पाडीको माग गर्दै नगरपलिकाभित्रका बाह्र वटा वडाका एक हजार किसानले निवेदन दिएका थिए । निवेदन दिएका तर यो वर्ष नआएका किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा पाडी वितरण गरिनेछ । नगरपालिकाले पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ९ : ३५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक