२०८३, १९ बैशाख आईतबार

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, दुई प्रहरी घाइते


धुलिखेल, २४ माघः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकीमा गएराति आक्रमण भएको छ । आक्रमणमा प्रहरी चौकीका इन्चार्ज असई सन्तोष कुमार झा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

गम्भीर घाइते झालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । निरीक्षक घिमिरेका अनुसार अज्ञात समुहको आक्रमणमा घाइते भएका प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्चीमा उपचार भइरहेको छ । पाँच जनाको दरबन्दी रहेको चौकीमा मध्यरात १०/१२ वटा मोटरसाइकलमा आएको अज्ञात समुहले अन्धाधुन्ध ढुं्रगामुडा प्रहार गरेको थियो ।

आक्रमणमा संलग्न मध्ये एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चार वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको बताइएको छ । घटना भएको थाहापाए लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनको टोलीले अहिले आक्रमण गर्ने समुहको खोजी तीब्र पारेको छ ।

आक्रमणबाट चौकीको एउटा झ्याल फुटेको छ । घटनास्थल पुगेका वडाध्यक्ष विष्णु खड्काले स्थानीयको घरको छानामा समेत ढुंगा प्रहार भएको पाइएको बताए ।

इलाका प्रहरी कार्यालय मेलम्चीबाट समेत प्रहरी निरीक्षकको कमाण्डमा थप मद्दत टोली तिपेनी गएको थियो । जिल्ला र इकाला प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरीले अहिले गाउँमा खोजी कार्य तीब्र बनाएका हुन् ।

प्रकाशित मिति : २०७६, २५ माघ शनिबार  ८ : ४१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा