२०८२, २५ कार्तिक मंगलबार

काभ्रेका ४ हजारभन्दा बढी लाभग्राही सम्झौता गर्नै आएनन

काभ्रेका ४ हजारभन्दा बढी लाभग्राही सम्झौता गर्नै आएनन


धुलिखेल, २३ माघः काभ्रेपलाञ्चोक जिल्लाका ४ हजार भन्दा बढी भुकम्पप्रभावित लाभग्राही अनुदान रकम सम्झौता गर्नै नआएको पाइएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पपछि जिल्लामा सर्वेक्षण भएर लाभग्राहि सूचीमा परेका मध्ये ४ हजार ३ सय ३६ अहिलेसम्म अनुदान सम्झौता गर्न नआएको धुलिखेल स्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार धुलिखेलमा गरेको एक कार्यक्रममा कार्यालयका निमित्त प्रमुख गणेश घिमिरेले जानकारी दिदैँ सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ सय ७३ लाभग्राहि सम्झौता गर्न नआएको बताए । सबैभन्दा कम जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका ५२ जना लाभग्राहि सम्पर्कमा नआएको निमित्त प्रमुख घिमिरेले बताए । जिल्लामा ९८ हजार १९ घर सर्वेक्षण गरिएकोमा ८४ हजार ४ सय ७५ जना लाभग्राहि सूचीमा परेका थिए । सूचीमा परेका ४ हजार ३ सय ३६ सम्पर्कमा नआएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अहिलेसम्म सम्पर्कमा नआएका लाभग्राहिलाई सुचीबाट हटाउन पटक पटक जिल्लामा पत्रचार गरिसकेको छ । तर अहिलेसम्म निर्णय भने गरिनसकेको घिमिरेले बताए । प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भुकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको जिल्ला सहजीकरण समितिले अहिलेसम्म सिफारिस नगरेपछि प्राधिकरणले ‘२४ घण्टे अल्टिमेटम’ दिन थालेको छ । सहजीकरण समितिमा प्रमुख जिल्ला अधिकारी र अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख सदस्य रहने ब्यवस्था छ ।

केन्द्रको पत्रचार अनुसार अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले लाभग्राहि सूचीमा परेका सबैको अवस्था पठाउन जिल्लाका १३ वाटै स्थानीय तहलाई पत्र काटेको थियो । तर स्थानीय तहबाट कुनै जानकारी नआएको घिमिरेले बताए । ‘हामीले जिल्लाको सबै स्थानीय तहलाई लाभग्राहिको विवरण पठाउन भनेका थियौँ, उनले भने ‘तर हालसम्म कुनै जानकारी नआएपछि सहजीकरण समितिको बैठक बसेर छिट्टै निर्णय लिन्छौँ ।’

जिल्लामा ७६ हजार ६ सय १६ जनाले पहिलो किस्ताको अनुदान सम्झौता गरेका छन् । त्यस्तै ५९ हजार ९ सय २० जनाले मात्रै दोस्रो किस्ताको रकम पाएको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख घिमिरेले बताए । हालसम्म ५० हजार ४ सय १४ जनाले मात्रै अन्तिम किस्ताको रकम लिएका छन् । अन्तिम किस्ताको रकम पाउनु भनेको घर निर्माण गरिसक्नु हो । त्यस्तै गुनासो दर्ता गरेका मध्ये पछिल्लो समय १ हजार ७१ जना लाभग्राहि थपिएका छन् । जिल्लाका ५२ जनाले स्वेच्छिक रुपमा अनुदान फिर्ता गरेका छन् भने दोहोरो सुविधा लिएका १ सय ६६ जनाको बैंक खाता मार्फत रकम फिर्ता लिइएको घिमिरेले बताए ।

निमित्त प्रमुख घिमिरेले दिएको जानकारी अनुसार पाँचखाल नगरपालिकाका ५७३, पनौती नगरपालिकाका ५०९, बनेपा नगरपालिकाका ५०५, नमोबुद्ध नगरपालिकाका ५०१, मण्डनदेउपुर नगरपालिकाका ४६३ र धुलिखेल नगरपालिकाका ४०० जना लाभग्राहि सम्पर्कमा विहीन छन् । त्यस्तै चौरीदेउराली गाउँपालिकाका ३९९, रोशी गाउँपालिकाका २७४, भुम्लु गाउँपालिकाका २७१, तेमाल गाउँपालिकाका २२५, बेथानचोक गाउँपालिकाका १३२, खानीखोला गाउँपालिकाका ६२ र महाभारत गाउँपालिकाका ५२ जना लाभग्राहि पनि सम्पर्कमा आएका छैनन ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ३ : २० बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य