२०८३, ३० असार बुधबार

पाँचखालको तरकारी काँचै खाएपनि हुन्छ !

पाँचखालको तरकारी काँचै खाएपनि हुन्छ !


धुलिखेल, २० माघः तरकारी र अन्न उत्पादनको हिसाबले काभ्रे जिल्लाकै अग्रणीस्थानमा रहेको पाँचखाल नगरपालिकामा विषादीको मात्रा निकै कम भएको छ । झण्डै दुईवर्ष अघिसम्म अत्याधिक विषादी प्रयोग गरेर तरकारी उत्पादन गरेको भन्दै बदनाम कमाएको पाँचखालको तरकारीमा अहिले भने विषादी कम भएको पाइएको छ । विगत २५ वर्षदेखि पाँचखालमा विषादी विक्री गर्दै आइरहनुभएका सरोज सापकोटाले ७० देखि ७५ प्रतिशतसम्म विषादीको बिक्री घटेको बताए । उनले विषादी बिक्री पेसा नै संकटमा पर्न थालेको बताए । ‘अहिले पाँचखालमा नेपाल सरकारले सूचीकृत गरेका बाहेक अन्य विषादी किसानले प्रयोग गरेका छैनन्, उनले भने ‘केहि वर्षयता विषादी बिक्री समेत ह्वात्तै घटेको छ, तर यो कुरा कहिल्यै बाहिर आएन ।’

सोमबार पाँचखाल नगरपालिकाको सभाहलमा जिल्ला संवाद समुहले नगरपालिकाको कृषि नीतिका बारे गरेको छलफलमा सहभागि किसानहरुले पनि विषादीको मात्रा निकै कम गरेर तरकारी फलाउन थालेको बताएका थिए । ‘माटोको सुधारका कम्पोष्ट मलको प्रयोग बढाएको छु, युरिया मलको सट्टा गाईभैसीको पिसाब हाल्ने गरेको छु, स्थानीय लक्ष्मी गिरीले भनिन् ‘आइपीएम प्रविधि मार्फत खेती गरिरहेको छु, कृषक समूहमा आबद्ध सबै किसानहरुलाई विषादी कम गराउने उपायका बारे छलफल गर्ने गरेका छौँ ।’

नगरप्रमुख महेश खरेलले पाँचखालको तरकारी काँचै खाएपनि असर नगर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले विभिन्न संघसंस्थासँगको सहकार्यमा जैविक विषादीको प्रयोगमा किसानहरुलाई प्रोत्साहन गरिरहेको समेत बताए । ‘अहिले पाँचखालको तरकारी खाँचै खाएपनि हुन्छ, उनले भने ‘हामी पूर्ण आर्गेनी तर्फ उन्मुख भइसकेका छौँ, यो मौखिक त्यत्तिकै भनेको होइन, कालिमाटीकै प्रयोगशालामा गरिएको प्रमाणले भनेको हो ।’

कार्यक्रममा सहभागि किसानहरुले रसायनिक विषादीको कम गरेपनि सिँचाई अभावले निकै मार खेप्नुपरेको भन्दै सिँचाई उपयुक्त ब्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरेका छन् । उनीहरुले समयमै मल र बीउको प्रबन्ध मिलाईदिन समेत नगरपालिकालाई अनुरोध गरेका थिए ।

अहिले नगरपालिका भित्र विभिन्न संघसंस्थाहरुले कृषि माटो थप नबिग्रियोस भनेर चुना वितरण गरेका छन । आइपीएम कृषक पाठशाला चलाइरहेका छन् । गोठ सुधार देखि बालीमा विषादी प्रयोग गरेपछि टिप्नुपर्ने समयका बारे किसानलाई बेला बेला सम्झाइ रहेका छन् । ‘हामी विगत २ वर्षदेखि पाँचखाल क्षेत्रमा विषादी न्यूनिकरण गराउन काम गरिरहेका छौँ, लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले भने ‘दिगो कृषि विकासका लागि किसानलाई समेत सहभागि गराए योजना निर्माण गर्दा कार्यान्वयनमा राम्रो हुन्छ ।’

पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको छ । आलु उत्पादनका हिसाबले पनि पाँचखाल जिल्लाकै उत्कृष्ट क्षेत्रभित्र पर्ने गरेको छ । पाँचखाल नगरपालिकाले प्राङ्गनमै माटो परीक्षण केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले ‘पाँचखाल नगर, कृषि सहर’ भन्ने मुल नारा नै राखेको छ । यसलाई मुर्तरुप दिन पनि नगरपालिकाले ठोस नीति छिट्टै बनाउनुपर्ने आलु सुपर जोन कार्यक्रमका जिल्ला अध्यक्ष एवं वडा नम्बर २ का अध्यक्ष हरि खडिवडाले बताए ।

प्रकाशित मिति : २०७६, २० माघ सोमबार  ६ : ३६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै