२०८३, १९ श्रावण बुधबार

धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिने

धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिने


धुलिखेल, ९ माघः काभ्रेको धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु हुने भएको छ । नगरपालिकाको वडा नम्बर १० खर्कपाकामा औद्योगिक ग्राम बन्नेछ ।

औद्योगिक ग्राम निर्माणका लागि ५० रोपनी जग्गा अतिग्रहण गर्ने काम पुरा भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जानकारी दिए । पहिलो चरणमा औद्योगिक ग्राम निर्माणस्थलसम्म सडक, खानेपानी, विद्यूत र तारबारको काम हुनेछ । त्यसको लागि ९२ लाख रुपैयाँ रकम समेत आइसकेको प्रमुख प्रशासकिय अधिकृत लुइटेलले बताए ।

संघीय सरकारको आर्थिक सहयोगमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भने नगरपालिकाले आफ्नै खर्चमा गर्ने छ । डिपिआरका लागि उपप्रमुख बिर्मला शार्माको नेतृत्वमा प्राविधिक सहितको टोलीले निर्माणस्थलको निरीक्षण समेत गरेको छ । प्रतिवेदन एक महिनाभित्र तयार हुने नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले बताए । ‘डिपिआर तयार गर्ने जिम्मा धुलिखेल नगरपालिकाको हो, उनले भने ‘एक महिनाभित्र डिपिआर तयार हुन्छ, त्यसपछि लागतको यकिन हुन्छ, ग्रामका लागि आवश्यक पर्ने सबै खर्च संघीय सरकारले ब्यहोर्ने छ ।’

तीन वर्षभित्र औद्योगिक ग्राम निर्माण पुरा गर्ने लक्ष्य लिइरहेको छ । औद्योगिक ग्रामबाट घरेलु र मझौला उद्योगहरु सञ्चालन हुनेछन् । वडा नम्बर १० का वडाध्यक्ष पुष्पराज राउतले औद्योगिक ग्राम निर्माणपछि स्थानीयहरुको दैनिकीमा परिवर्तन आउने बताए । सडक पूर्वाधारको विकास हुने र रोजगारीको अवसर समेत बढ्ने भएकाले स्थानीयलाई सजिलो हुने उनको भनाइ छ । ‘हामी निकै हर्षित छौँ, आफ्नै ठाउँमा औद्योगिक ग्राम बन्दैछ, उनले भने ‘ भौतिक पूर्वाधार मात्रै बन्दैनन्, यहाँ रोजगारीको अवस्था समेत थप सीर्जना हुनेछ ।’

प्रकाशित मिति : २०७६, ९ माघ बिहीबार  ६ : १७ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा