२०८३, ३० भाद्र बुधबार

मण्डनदेपुर नगरपालिकामा अटो रिक्सा सञ्चालन

मण्डनदेपुर नगरपालिकामा अटो रिक्सा सञ्चालन


धुलिखेल, ९ माघः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अटो रिक्सा सञ्चालनमा आएको छ । स्थानीय युवाहरुले अटो रिक्सा सञ्चालनमा ल्याएका हुन् । नगरपालिकाले पालिकाभित्रका विभिन्न ७ वटा रुटमा चल्ने अनुमति दिएपछि रिक्सा सञ्चालनमा ल्याइएको ब्यवस्थापक शिवप्रसाद चौलागाईले बताए ।

अहिले ४ वटा अटो रिक्सा सञ्चालनमा रहेको छ । छिट्टै ६ वटा थप्ने ब्यवस्थापक चौलागाईले जानकारी दिए । ‘अहिले ४ वटा अटो मार्फत सेवा सुरु गरेका छौँ, छिट्टै अन्य अटो पनि थपेर सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ, ब्यवस्थापक चौलागाईले भने ‘भित्री सडकका यात्रुहरुलाई धेरै सजिलो हुनेछ ।’

नगरपालिकाको कुन्ताबेसी–नयाँगाउँ–नगरकोट, कुन्ताबेशी–हिगुवापाटी–गैह्रिबिसानौ देउपुर–नगरकोट, कुन्तावेशी–रानिटार–चाखोला–फेदी–जिरोकिलो रुटमा अटो रिक्सा चल्ने छ । त्यस्तै कुन्ताबेशी–चण्डेनी–जोगिटार–ज्याम्दी हुदैँ दोलालघाट, कुन्ताबेशी–पौवा–चण्डेनी बजार हुदैँ ज्याम्दी रामपुर, जिरोकिलो–कुन्ताबेशी हुदैँ सिपाघाट र फेदी हुदैँ छिनेको पहिलोसम्म सञ्चालन हुनेछ । ‘अहिले नगरपालिकाले अनुमति दिएका यी रुटहरुमा हाम्रा अटोहरु सञ्चालन हुनेछन, उनले भने पछि अटो थपिएपछि नगरपालिकासँगै अनुमति मागेर रुट पनि थप्ने छौँ ।’

यी रुटका लागि नगरपालिकाले भाडा दरसमेत निर्धारण गरिदिएकोछ । १० रुपैयाँदेखि दुरी हेरेर १ सय रुपैयाँसम्म भाडा कायम गरिएको छ । नगरपालिको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुनेभएको छ । क्युको बस छुटेपछि मण्डनदेउपुर नगरपालिकाको भित्रि सडक प्रयोग गर्ने यात्रु हिडेरै गन्तब्यमा पुग्न बाध्य थिए । तर अब त्यो बाध्यता हटेको छ ।

घरदैलो सेवाको सुरुमा जिल्लाको बनेपा नगरपालिकाबाट सुरु भएको अटो रिक्सा अहिले पाँचखाल नगरपालिकामा पनि चलिरहेका छन् ।

प्रकाशित मिति : २०७६, ९ माघ बिहीबार  १ : १६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक