२०८२, २५ कार्तिक मंगलबार

मण्डनदेपुर नगरपालिकामा अटो रिक्सा सञ्चालन

मण्डनदेपुर नगरपालिकामा अटो रिक्सा सञ्चालन


धुलिखेल, ९ माघः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अटो रिक्सा सञ्चालनमा आएको छ । स्थानीय युवाहरुले अटो रिक्सा सञ्चालनमा ल्याएका हुन् । नगरपालिकाले पालिकाभित्रका विभिन्न ७ वटा रुटमा चल्ने अनुमति दिएपछि रिक्सा सञ्चालनमा ल्याइएको ब्यवस्थापक शिवप्रसाद चौलागाईले बताए ।

अहिले ४ वटा अटो रिक्सा सञ्चालनमा रहेको छ । छिट्टै ६ वटा थप्ने ब्यवस्थापक चौलागाईले जानकारी दिए । ‘अहिले ४ वटा अटो मार्फत सेवा सुरु गरेका छौँ, छिट्टै अन्य अटो पनि थपेर सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ, ब्यवस्थापक चौलागाईले भने ‘भित्री सडकका यात्रुहरुलाई धेरै सजिलो हुनेछ ।’

नगरपालिकाको कुन्ताबेसी–नयाँगाउँ–नगरकोट, कुन्ताबेशी–हिगुवापाटी–गैह्रिबिसानौ देउपुर–नगरकोट, कुन्तावेशी–रानिटार–चाखोला–फेदी–जिरोकिलो रुटमा अटो रिक्सा चल्ने छ । त्यस्तै कुन्ताबेशी–चण्डेनी–जोगिटार–ज्याम्दी हुदैँ दोलालघाट, कुन्ताबेशी–पौवा–चण्डेनी बजार हुदैँ ज्याम्दी रामपुर, जिरोकिलो–कुन्ताबेशी हुदैँ सिपाघाट र फेदी हुदैँ छिनेको पहिलोसम्म सञ्चालन हुनेछ । ‘अहिले नगरपालिकाले अनुमति दिएका यी रुटहरुमा हाम्रा अटोहरु सञ्चालन हुनेछन, उनले भने पछि अटो थपिएपछि नगरपालिकासँगै अनुमति मागेर रुट पनि थप्ने छौँ ।’

यी रुटका लागि नगरपालिकाले भाडा दरसमेत निर्धारण गरिदिएकोछ । १० रुपैयाँदेखि दुरी हेरेर १ सय रुपैयाँसम्म भाडा कायम गरिएको छ । नगरपालिको भित्री सडकमा यातायातको पहुँच सहज नभइरहेको अवस्थामा अटो रिक्सा सञ्चालन आएपछि यात्रुलाई भने सजिलो हुनेभएको छ । क्युको बस छुटेपछि मण्डनदेउपुर नगरपालिकाको भित्रि सडक प्रयोग गर्ने यात्रु हिडेरै गन्तब्यमा पुग्न बाध्य थिए । तर अब त्यो बाध्यता हटेको छ ।

घरदैलो सेवाको सुरुमा जिल्लाको बनेपा नगरपालिकाबाट सुरु भएको अटो रिक्सा अहिले पाँचखाल नगरपालिकामा पनि चलिरहेका छन् ।

प्रकाशित मिति : २०७६, ९ माघ बिहीबार  १ : १६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य