२०८२, १ फाल्गुन शुक्रबार

काभ्रेमा सरकारी, सार्वजनिक र गुठी जग्गाको नक्सा भेटाउनै मुस्किल !

काभ्रेमा सरकारी, सार्वजनिक र गुठी जग्गाको नक्सा भेटाउनै मुस्किल !


धुलिखेल, ८ माघः काभ्रेमा सरकारी, सार्वजनिक र गुठीको जग्गा मिचिने क्रम अझै नरोकिएको पाइएको छ । बुधबार धुलिखेलमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले गरेको कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । धेरै जसो स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक जग्गाको नक्सा समेत भेटाउन मुस्किल परेको बताएका थिए ।

मण्डनदेउपुर नगरापालिकाका प्रमुख टोक बहादुर वाइबाले सामुदायिक वन र खोला आसपासको जग्गा निकै अतिक्रमण भइरहेको बताए । उनले सामुदायिक वन स्थानीय तहमा हस्तान्तरण नहुदाँसम्म समस्या नहट्ने दाबी गरे । ‘अहिले धेरै जग्गा अतिक्रमण भइरहेको ठाउँ भनेको सामुदायिक वन र खोला आसपास हो, उनले भने ‘यसको समाधानका लागि सामुदायिक वन स्थानीय तहमा हस्तान्तरण हुन जरुरी छ ।’

चौरीदेउराली गाउँपालिकाका प्रमुख दिननाथ गौतमले सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता हुने प्रक्रिया अझै नरोकिएको भन्दै फिर्ता गर्न निकै मुस्किल परेको बताए । उनका अनुसार सार्वजनिक जग्गाहरुको अहिले पनि बेचबिखन भइरहेको छ । ‘२०३२ सालमा नापी भएको जग्गाका अहिले नक्सा भेटाउनै सकिदैँन, तर बेचविखान भइरहेका छन्, उनले जिल्ला मालपोत कार्यालय तर्फ इंकित गर्दै भने ‘हिजोका वन, बुटेनहरु अहिले छदैँ छैन, कहाँ गएर खोज्ने ?’

भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले भूकम्पछि सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम ह्वात्तै बढेको भनाइ राखे । उनले जिल्ला–जिल्लाको बीचको सिमा अतिक्रमणका बारे पनि चासो राख्न जाँचबुझ आयोगलाई आग्रह गरे । अहिले सिन्धुपाल्चोकले काभ्रेको भूमीमा आएर बोर्ड राखेको छ उनले आयोग पदाधिकारीलाई प्रश्न गर्दै भने यो चाँहि अतिक्रमण हो की होइन ?

जिल्लाको पालिकैपिच्छे जग्गा सम्बन्धी फरक–फरक समस्या देखिएको छ । बनेपा नगरपालिकाभित्र गुठी जग्गालाई कसरी ब्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती रहेको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए । ‘चण्डेश्वरी गुठीको जग्गा किनबेच रोकेका छौँ, उनले भने ‘तर जग्गाको मोयानी हकको दाबी गर्दै आउनेको संख्या निकै बढी छ, अब कसरी ब्यवस्थापन गर्ने ?’

पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले सरकारी जग्गा ब्यक्तिका नामबाट फिर्ता गर्न नसक्दा विकास निर्माणको काम नै ठप्प भएको बताए । उनका अनुसार क्षेत्रिय रंगशाला निर्माण प्रक्रिया रोकिएको छ । ब्यक्तिको नाममा दर्ता भएको पनौतीको सिरान चौरको झण्डै आधा जग्गा फिर्ता गर्ने प्रक्रिया झन्झटिलो हुदाँ रंगशाला निर्माण प्रक्रिाय रोकिए छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । तर काभ्रेका स्थानीयहरुले यस्ता जग्गा जोगाउन सकेका छैनन । कुन ठाउँमा सरकारी र सार्वजनिक जग्गा छ भन्ने समेत आकंलन गर्न मुस्किल परिरहेको उनीहरुको भनाई छ ।

जाँचबुझ आयोगका अध्यक्षले मोहनरमण भट्टराईले स्थानीय तहको जनप्रतिनिधिले दिएको सुझाव र तथ्याङ्कलाई सुक्ष्म ढ्रंगले अध्ययन गर्ने बताए । साथै उनले ब्यक्तिको नाममा दर्ता गरेका सार्वजनिक, सरकारी र गुठी जग्गाको बारे सुचना दिने वातावरण गाउँगाउँका सर्वसाधरणलाई मिलाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : २०७६, ८ माघ बुधबार  ६ : ३१ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको