२०८३, १९ बैशाख आईतबार

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ


भक्तपुर, माघ ७ : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन। तामाङलाई मध्यपुर थिमि-४ चारदोवाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चारदोबाटोमा अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धाकधम्की दिई जवरजस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ का ४४ वर्षीय तामाङलाई पक्राउ गरी सोधपुछ गर्नेक्रममा प्रतिबन्धित नेकपा विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीसमेत भन्ने बुझिन आएको प्रहरी नायव उपरीक्षक थापाले बताए। तामाङलाई थिमि वृत्तमा राखी अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ५ : ११ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा