२०८३, ३० भाद्र बुधबार

काभ्रेका प्रदेश सांसदः मतदातालाई भेट्दै माफी माग्दैँ (भिडियो सहित)

काभ्रेका प्रदेश सांसदः मतदातालाई भेट्दै माफी माग्दैँ (भिडियो सहित)


धुलिखेल, ७ माघः बागमती प्रदेशको स्थायी राजधानीको टुंगो लागेपनि काभ्रेबाट प्रदेश सभामा सहभागि सांसदहरुलाई भने आफ्नो जिल्लामा स्थायी राजधानी ल्याउन नसकेको कुराले पिरोलिरहेको छ । मतदाताको चर्को आलोपना खेपिरहेका छन । पुस २७ गते हेटौँडालाई नै स्थायी राजधानी बनाउन मञ्जुर गरेर आएका काभ्रेली प्रदेश सांसदहरु अहिले फेरी मतदाता भेट्न गाउँ गाउँ पुगिरहेका छन् ।

सोमबार काभ्रेको विकट क्षेत्र डाँडापारी र कोशीपारीबाट निर्वाचित प्रदेश सांसद चन्द्र लामा र रत्न ढकाल एउटै मञ्चमा भेटिए । महाभारत गाउँपालिकाको वडा नम्बर ६ देवीटारमा पालिकाले आयोजना गरेको साक्षरण घोषणा कार्यक्रममा । उनीहरुले मतदातालाई साक्षी राखेर चुनावमा त्यहि ठाउँमा उभिएर गरेको प्रतिबद्धता स्मरण गरे ।

तर चुनावमा गरेको प्रदेश राजधानी काभ्रे ल्याउने प्रतिबद्धता भने पुरा गर्न नसकेकोमा उनीहरुले मतदातासामु क्षमायाचना गरे ।
हेर्नुस भिडियो

सडकको पहुँच पुर्याउने, प्राविधिक शिक्षा सुरु गर्ने, जडिबुडि प्रशोधन गर्ने जस्तो थुप्रै चुनावी प्रतिबद्धताहरु क्रमश पुरा भइरहेको सांसद लामा र ढकालले बताए । उनीहरुले बागमती प्रदेशको स्थानीय तहहरु मध्ये सबैभन्दा विकट नै महाभारत रहेको बन्दै थप विकासका सम्भावनहरु पहिचान गरी बजेट विनियोजन गर्ने बताए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  १० : १२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक