२०८३, २१ आश्विन बिहीबार

प्रदेश राजधानी बहसः काभ्रे काँग्रेसको बल्ल खुल्यो होस !

प्रदेश राजधानी बहसः काभ्रे काँग्रेसको बल्ल खुल्यो होस !


धुलिखेल, ५ माघ: प्रदेश राजधानीको विषयमा काभ्रे काँग्रेस बल्ल बिउझिएको छ । सत्तारुढ दल नेकपाको केन्द्रिय सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय १३ पुसमा गर्यो । प्रदेश ३ को पाँचौ अधिवेशनको पूर्वसन्धानमा पार्टी सचिवालयले गरेको यो निर्णय आफैमा अर्थपूर्ण थियो ।

किन भने प्रदेशसभा गठन भएको २ वर्षसम्म पनि नाम र स्थायी राजधानी टुंगो लगाउन सकेको थिएन । सचिवालयको निर्देशन नेकपाको प्रदेश संसदीय दलले पनि अनुमोदन गर्यो । तर काभ्रे सहित केहि जिल्लाका सांसदले बैठकमा फरक मत राखे । पुस २७ गते संदनको दुई तिहाई मतले हेटौँडा स्थायी राजधानी र नाम बागमती कायम गर्यो ।

जति बेला हेटौँडामा प्रदेश सदन चल्थो तब काभ्रे स्थायी राजधानीको चर्चामा रहन्थ्यो । प्रदेशको स्थायी केन्द्र र नाम टुंगो लागेपछि काभ्रेबाट निर्वाचित नेकपाका सासंदहरुलाई सामाजिक सञ्जाल मार्फत गाली गर्नु बाहेक काँग्रेसले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको थिइन ।

नेकपा सचिवालयको निर्णय भएको ३ हप्तापछि र दुई तिहाईले राजधानी र नाम टुंगो लगाएको ठीक एकहप्ता पछि काग्रेँस काभ्रेले आफ्नो प्रतिक्रिया दिएको छ । त्यो पनि काँग्रेस केन्द्रको निर्धारित कार्यक्रम अन्तर्गत । काँग्रेस केन्द्रले ७७ वाटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारले ल्याउन लागेको सुचना प्रविधि विधेयको विरुद्धमा विरोधपत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम आइतबार राखेको थियो । काभ्रे काँग्रेसले पनि सोहि अनुरुप आफ्नो पार्टीबाट स्थानीय तहमा विजयी बनेका जनप्रतिनिधि सहित धुलिखेमा विरोध र्याली निकाल्यो । विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुग्यो । जिल्ला सभापति मधु आचार्य सहतिका नेताहरुले काभ्रेबाटै मन्त्री बनेका सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको चर्को आलोचना गर्दै प्रमूख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई विरोध पत्र बुझाए ।

सभापति आचार्यले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ५६७ शब्दको दुई पेज विरोधपत्र बुझाए । ५१२ शब्दसम्म सरकारको आलोचना बाहेक अरु कुराले महत्व पाएको देखिदैन । विरोधपत्रको अन्तिममा मात्रै काभ्रे काँग्रेसले प्रदेश राजधानीकोबारे बोलेको छ ।

पुनश्च, प्रदेश नं ३ को राजधानी आम नागरिकको पहुँच, प्रशासनिक सहजता, भौगोलिक सुगमता, भौतिक पूर्वाधारको पर्याप्तता जस्ता कारणले काभ्रे जिल्ला उपयुक्त हुँदा हुदै नेकपाको सचिवालय बैठकले गरेको हस्तक्षेप र गलत निर्णयको घोर भत्र्सना गर्दै सो निर्णय सच्याउन प्रदेश सभा संसदलाई हार्दिक आग्रह गर्दछौं ।

‘मरेपछि ओखती’ भने झै काग्रेँस काभ्रेले आइतबार त्यहि अवस्था देखायो । तर यसको कुनै औचित्य छैन । साच्चै काँग्रेसले जस लिन चाहान्थ्यो भने नेकपा सचिवालयको निर्णय सार्वजनिक लगत्तै विरोधको कार्यक्रम गर्न सक्नुपथ्र्यो । काभ्रेली जनतालाई साथमा लिएर छुट्टै माहोल बनाउने सामाथ्र्य राख्नुपथ्र्यो । तर त्यो बेला एउटा विज्ञप्ति लेख्ने आट समेत गरेन । केन्द्रको कार्यक्रम मार्फत टिप्पणी गर्नुको कुनै तुक छैन । नेकपाका सांसदलाई गाली गरेर आफु प्रतिको वितृष्णाबाट काँग्रेस काभ्रे उम्कनै सक्दैन । काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँकै जोडबलमा हेटौँडा स्थायी राजधानी भएको कुरा सबैसामु छर्लङ्ग छ ।

काग्रेँस काभ्रे सभापति मधु आचार्य रामचन्द्र पोडेल गुटका हुन । बानियाँ देउवा गुटका । काभ्रेली मतदातालाई दिग्भ्रमित पार्न काँग्रेस वा कम्युनिष्ट कसैपनि छुट छैन । किन भने अक्सर इन्टनेटको पहुँचमा रहेकाले लाइभ संसदको गतिविधि नियालिरहेका थिए । कतिले रेडियो, पत्रपात्रिका र अनलाइन सहितका सामाजिक सञ्जालबाट पनि कम्युनिष्ट र काँग्रेसले राजधानीका विषयमा गरेका गतिविधि थाहा पाइरहेका छन् ।

प्रकाशित मिति : २०७६, ५ माघ आईतबार  ८ : १० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक