२०८२, २९ जेष्ठ बिहीबार

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने


धुलिखेल, ४ माघः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले जल पर्यटनका लागि छलफल थालेको छ । नगरपालिकाले जल पर्यटनका लागि इन्द्रावती नदीमा बाँध बाध्ने योजना बनाएको छ ।

नगरपालिकाको वडा नम्बर १० र १२ नम्बर क्षेत्रमा बाँध बाध्ने बारे सरोकारवाला निकायसँग छलफल समेत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि र स्थानीयबीच पहिलो चरणको छलफल भएको हो । नगरपालिकाले बाहुनेपाटी क्षेत्रमा बाँध बाधेर दीर्घकालिन जल पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । ‘यो एकदमै पहिलो चरणको छलफल हो, उनले भने स्थानीय नागरिक सहित सरोकारवाला निकायबाट निकै सकारात्मक सल्लाह र सुझाव आएको छ ।’

नगरपालिकाले २० मिटर अग्लो बाँध बाधेर बोटिङ सञ्चालन र माछा पालन गर्ने योजना बनाएको छ । भू–गर्व विद र जलस्रोत विदसँग अर्को चरणको छलफल गरेर विस्तृत आयोजना प्रतिवेदन तयार गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । हेम्बुल र पाँचपोखरी जाने पर्यटकलाई कम्तीमा एक दिन भएपनि मेलम्चीमा बसाउने नगरपालिकाको उद्देश्य छ । ‘अहिले धेरै पर्यटक हेम्लम्बु र पाँचपोखरी घुम्न पुगिरहनुभएको छ, जादाँ होस या आउँदा, एक रात मेलम्चीमा पर्यटकलाई राख्ने वातावरण सिर्जना गराउन खोजेका हौँ, उनले भने ‘त्यसको लागि अहिलेकै पूर्वाधारले बस्ने अवस्था छैन, हामीले दीर्घकालिन रुपमा सोच्नुपर्छ ।’

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ५ : ५७ बजे

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ।

देश बन्दैछ : ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर (तस्विरहरु)

काठमाडौं । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ

प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाडौं । प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका