२०८३, २१ आश्विन बिहीबार

धुलिखेल–रविओपी–नगरकोट सडक स्तरोन्नतिको काम सुरु

धुलिखेल–रविओपी–नगरकोट सडक स्तरोन्नतिको काम सुरु


धुलिखेल, ४ माघ, धुलिखेल–रविओपी–नगरकोट सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकखण्डको कुईकेलमार्गगेटदेखि गोसाईथानसम्म स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा हुन लागेको योजना शनिबार सांसद बसुन्धरा हुमागाईले शिलान्यास गरे ।

ड्रेन र वाल बाहेक सडकको चौडाई ७ मिटरको हुनेछ । स्तरोउन्नती गरिने एक किलो मिटर मध्ये ९ सय मिटर लम्बाई सडक कालोपत्रे हुनेछ । २ करोड, ८३ लाख, ४९ हजार लागतमा पिच बाहेक ढलान, ढुंगाको गाह्रो, ग्यावीन गाह्रो र ड्रेन निर्माण हुनेछ ।

सडक स्तरोन्नतिको काम २०७७ साल जेठ मसान्तभित्र सकाईसक्नुपर्ने बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद हुमागाईले पर्यटीय मार्गको रुपमा रहेको यो सडकलाई छिट्टै नगरकोटसम्म पिच गर्ने बताए । ‘यो सडक धुलिखेल, बनेपा र नगरकोट बीचको सिधा सम्पर्क राख्ने सडक हो, उनले भने ‘त्यसैले यसलाई स्तरोन्नति गरेर पर्यटकहरुको आवगमनलाई समेत सजिलो गराउन आवश्यक छ ।’

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ११ : ३७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक