२०८३, १ असार मंगलबार

दोलालघाटमा इन्द्रवती नदीको दोहन अझै रोकिएन (भिडियो सहित)

दोलालघाटमा इन्द्रवती नदीको दोहन अझै रोकिएन (भिडियो सहित)


धुलिखेल, २ माघः इन्द्रवती नदीमा दोहन अझै रोकिएको छैन । सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोक गढी नगरपालिका वडा नम्बर ११ मा सञ्चालन भइरहेको क्रसर उद्योगको ज्यादतीका कारण दोलालघाट बजारका स्थानीय मारमा परेका छन् । ब्यवसायीहरुले मनपरी ढंगबाट क्रसर उद्योग सञ्चालन गर्दा इन्द्रवती नदीको रुप नै बदलिएको छ । हिजोआज इन्द्रवती संग्लो भएर बाग्न समेत पाएको छैन ।

क्रसर ब्यवसायीहरुले स्काभेर लगाएर बालुवा उत्खनन् गरिरहेका छन् । प्रारम्भिक वातावरण प्रभाव मूल्याङकन प्रतिवेदनको ठीक उल्टो इन्द्रवती नदीको दोहन भइरहेको छ । ब्यवसायीहरुले बालुवा उत्खनन गरेर खाल्डो नपुरिदिदा र्‍यफ्टिङ गर्न सुनकोशी पुग्ने पर्यटकले ठूलो समस्या झेलिरहेका छन् ।

हेर्नुस भिडियो (सुनकोशी दोहन)

क्रसर ब्यवसायीले बालुवा वासिङ गरेको धमिलो पानी सिधै नदीमा मिसाउँदा पशु चौपाया पनि उस्तै समस्यामा छन् । स्थानीय तहहरुले ठेक्का दिए पनि समय समयमा अनुगमन नगर्दा इन्द्रवती नदीमा ब्यवसायीहरुको मनपरी चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, प्रशासनसहित जिल्ला अनुगमन समितिका पदाधिकारी अनुगमनका लागि पुग्नु अगाबै क्रसर बन्द हुन्छ । अनुगमन टोली फर्किएपछि फेरी नदी दोहन सुरु हुन्छ ।

जिल्लाका सांसददेखि नाम चेलेका नेताहरुको समेत अप्रत्यक्ष संलग्नतामा नदीबाट नदीजन्य वस्तु उत्खनन् हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ११ : ४३ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई