२०८३, १८ बैशाख शनिबार

काभ्रे प्रहरीद्धारा सार्वजनिक यातायातमा बलात्कार आरोपित पक्राउ

काभ्रे प्रहरीद्धारा सार्वजनिक यातायातमा बलात्कार आरोपित पक्राउ


धुलिखेल, १ माघः काभ्रे प्रहरीले सार्वजनिक यातायातमा युवती बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ । २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिकाको वडा नं ४ का लक्ष्मण लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

पीडित युवतीले झापा जिल्लाको दमकबाट काठमाडौं आउदै गरेको बा ३ च ३३१४ नम्बरको टाटासुमो गाडीमा आफ्नो सम्वेदनशील अंगमा छुदै पटक–पटक बलात्कार गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा मंगलबार (हिजो) दिएको उजुरी आधारमा जिल्ला प्रहरी कार्यालयले लिम्बुलाई गरिफ्तार गरेको डिएसपी गिरीले बताए ।

आरोपित लिम्बुलाई प्रहरीले हिजो नै गिरफ्तार गरेको हो । प्रहरीले पक्राउ परेका लिम्बुलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।

पीडित यूवतीको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा मंगलबार नै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ७ : ५२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा