२०८२, ११ मंसिर बिहीबार

काभ्रे जिल्ला दुग्धउत्पादक सहकारी संघको नेतृत्वमा नारायण बडाल

काभ्रे जिल्ला दुग्धउत्पादक सहकारी संघको नेतृत्वमा नारायण बडाल


धुलिखेल, २९ पुस काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायणप्रसाद बडाल चयन हुनुभएको छ । संघको ११ औं बार्षिक साधारणसभाले बडालको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लिला नेपाल र सदस्यहरुमा शिवप्रसाद ढकाल, दीपक ढोडारी, रत्नकुमार ठकुरी, शिवहरी लामिछाने, दीपक नेपाल र रविन्द्र बञ्जरा निर्बिरोध निर्बाचित भएका छन । जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा निर्बाचन अधिकृत रहनु निर्वाचन समितिले लेखा सुपरिवेक्षण समितिको संयोजकमा रघुनाथ गौतम, सदस्यहरुमा देवीप्रसाद तिमल्सिना र माधव प्रसाद गौतम निर्बिरोध निर्बाचत गरेको हो ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव टिकाबल्दभ सापकोटाले जिल्लामा रहेका करिव ३ सय सहकारी संस्थाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन नयाँ समितिले काम गर्ने बताए । जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेका ९२ वटा सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघ लि. मा आबद्ध हुन समेत आग्रह गरे ।

प्रकाशित मिति : २०७६, २९ पुस मंगलबार  ९ : ३६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री