२०८३, २१ आश्विन बिहीबार

नगरकोट नाम थप्न नगरप्रमुखले नै फेरी प्रस्ताव गरेपछि……..

नगरकोट नाम थप्न नगरप्रमुखले नै फेरी प्रस्ताव गरेपछि……..


धुलिखेल, २८ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले नगरपालिकाको नाममा नगरकोट समावेश गर्ने प्रस्ताव फेरी गरेका छन । सोमबारबाट सुरु भएको छैठौँ नगरसभामा नगरप्रमुख वाइबाले एक्लौटी नगरकोट नाम थप्ने प्रस्ताव गरेको एक सदस्यले बताए ।

यसअघि चौथो नगरसभामा पनि नगरप्रमुखले नगरकोट नाम थप्ने प्रस्ताव गर्दा वडा नम्बर ३ का वडासदस्य रुद्र बहादुर तामाङले प्रतिवाद गरेका थिए । तामाङको प्रतिवादपछि नगरप्रमुख वाइबाले उक्त प्रस्ताव थाति राखेका थिए । तर अहिले छैठौँ नगरसभामा पुनः प्रस्ताव लगेपछि आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेत चकित परेका छन ।

नगरपालिकाको नाम फेर्ने जस्तो विषयमा पनि पार्टीभित्र कुनै छलफल नभएको गुनासो पार्टी नेता तथा कार्यकर्ताले गरेका छन । नगरप्रमुखले एक लौटी रुपमा नाम थप्ने प्रस्ताव लगेको उनीहरुको भनाई छ ।

नगरपालिकाको प्रशासनिक भवन समेत सारेकोमा स्थानीय असन्तुष्ट छन । वडा नम्बर ७ स्थित डेडी थुम्का पब्लिक क्याम्पसको भवन रहेको स्थान मनमति डाँडामा नगरपालिकाको नयाँ भवन बन्ने छ ।

सोमबारबाट सुरु भएको नगरसभामा विभिन्न प्रस्तावहरु छलफलका लागि प्रस्तुत गरिएकोे छ । यो पटक पनि नगरकोट नाम थप्न प्रस्ताव परेको छ । प्रस्तावमाथि माघ ३ र ४ गते दफाबार छलफल हुनेछ । प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रतिनिधि नगरसभामा गएपनि उपस्थितिमा हस्ताक्षर गरेनन । उनीहरुले नगर शिक्षा ऐन संशोधन गर्न नहुने माग गरेका छन ।

९ सडक र नगरस्तरीय स्वास्थ्य चौकी निर्माण सम्बन्धी विशेष प्रस्ताव पनि दर्ता भएका छन । हिउँदे सभालाई पालिकाका लागि आवश्यक पर्ने विभिन्न ऐन, कानुन, नीति, कार्यविधि पारित गर्ने सभाको रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ६ : ४९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक