२०८२, २ माघ शुक्रबार

काभ्रे भएर गुड्ने टिपर चालकलाई ९ बुदेँ सपथ

काभ्रे भएर गुड्ने टिपर चालकलाई ९ बुदेँ सपथ


धुलिखेल, २८ पुसः जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले काभ्रे हुदैँ चल्ने टिपर चालकलाई सपथ खुवाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले सोमबारबाट सपथ खुवाउन थालेको जिल्ला ट्राफिकका प्रहरी प्रमुख विशाल तामाङले जानकारी दिए ।

लिखित प्रतिबद्धता सहितको सपथ भोली पनि खुवाइने निरीक्षक तामाङले बताए । तामाङका अनुसार सथपमा ९ बुदाँ समावेश गरिएको छ । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले लिखित प्रतिबद्धता सहित सपथ खुवाउन थालेको हो ।

सपथ पत्रमा आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तिव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने उल्लेख छ । त्यस्तै संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने भनिएको छ ।

त्यसैगरी गाडी चलाउदा मोबाइल फोनको प्रयोग नगर्ने, क्याविन र ढालामा यात्रु नराख्ने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधै साथमा राख्ने प्रतिवद्धता चालकहरुले जनाएका छन् । चालकलाई थप जिम्मेवार बनाउन सपथ खुवाइएको ट्राफिक प्रहरी प्रमुख तामाङको भनाई छ । काभ्रे हुदँै दैनिक दुई हजारभन्दा बढी टिपर गुड्दै आएका छन ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ३ : १० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा