२०८३, २१ आश्विन बिहीबार

सांसद हुमागाईले मागे क्षमा

सांसद हुमागाईले मागे क्षमा


धुलिखेल, २८ पुस: काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) बाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले क्षमा मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार हेटौँडामा भएको प्रदेश स्थायी राजधानीको मतदान प्रक्रियामा काभ्रेको विपक्षमा मतदान नगरेको समेत बताएका छन् ।

उनले लेखेका छन ‘हामी काभ्रेबाट प्रत्यक्ष निर्वाचित ४ जनाले काभ्रेको विपक्षमा मतदान गरेको होइन, बाँकी पार्टीको ह्वीप मानेका हौँ । जनतालाई खुशी बनाउन नसकेकोमा क्षमा माग्दछौँ ।’

उनले काभ्रेको विपक्षमा मतदान नगरेको बताए पनि सभामुख सानुकुमार श्रेष्ठले भने मत विभाजन सुनाउँदैँ काभ्रेका पक्षमा ३ मत र विपक्षमा १०५ मत परेको बताए ।
हेर्नुस भिडियोमा

साथै उनले फेसबुकमै अर्को स्टाटस लेख्दै भनेका छन् , निर्वाचन प्रक्रियाका बारेमा कन्फ्यूज भए जस्तो लाग्यो । प्रष्ट पार्न चाहान्छु । संसदमा २ वटा प्रस्ताव दर्ता भयो । एउटा काभ्रे र अर्को हेटौंडा । पहिलोमा मतदान भयो । काभ्रेको मत परिणाम पक्षमा ३ र विपक्षमा १०१, तटस्थ ५ मत रह्यो । दोस्रो मतदान हैटाँडाको पक्षमा १०५, विपक्षमा ३ र तटस्थ १ हो ।’


हिजो प्रदेश तीनको सदनमा स्थायी राजधानी र प्रदेशको नामका बारेमा दुई पटक मतदान भएको थियो । संसदमा ११० जना सांसद छन् । जसमा सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने रसुवाबाट निर्वाचित सांसद प्रेमबहादुर तामाङ मतदान प्रक्रियामै सहभागी नै भएनन् । मतदान प्रकृयामा काभ्रेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुले काभ्रेको पक्षमा तटस्थ बस्ने नाटक मञ्चन गरेर हेटौंडाको पक्षमा भने मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  २ : ०० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक