२०८३, १२ कार्तिक बिहीबार

सांसद हुमागाईले मागे क्षमा

सांसद हुमागाईले मागे क्षमा


धुलिखेल, २८ पुस: काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) बाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले क्षमा मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार हेटौँडामा भएको प्रदेश स्थायी राजधानीको मतदान प्रक्रियामा काभ्रेको विपक्षमा मतदान नगरेको समेत बताएका छन् ।

उनले लेखेका छन ‘हामी काभ्रेबाट प्रत्यक्ष निर्वाचित ४ जनाले काभ्रेको विपक्षमा मतदान गरेको होइन, बाँकी पार्टीको ह्वीप मानेका हौँ । जनतालाई खुशी बनाउन नसकेकोमा क्षमा माग्दछौँ ।’

उनले काभ्रेको विपक्षमा मतदान नगरेको बताए पनि सभामुख सानुकुमार श्रेष्ठले भने मत विभाजन सुनाउँदैँ काभ्रेका पक्षमा ३ मत र विपक्षमा १०५ मत परेको बताए ।
हेर्नुस भिडियोमा

साथै उनले फेसबुकमै अर्को स्टाटस लेख्दै भनेका छन् , निर्वाचन प्रक्रियाका बारेमा कन्फ्यूज भए जस्तो लाग्यो । प्रष्ट पार्न चाहान्छु । संसदमा २ वटा प्रस्ताव दर्ता भयो । एउटा काभ्रे र अर्को हेटौंडा । पहिलोमा मतदान भयो । काभ्रेको मत परिणाम पक्षमा ३ र विपक्षमा १०१, तटस्थ ५ मत रह्यो । दोस्रो मतदान हैटाँडाको पक्षमा १०५, विपक्षमा ३ र तटस्थ १ हो ।’


हिजो प्रदेश तीनको सदनमा स्थायी राजधानी र प्रदेशको नामका बारेमा दुई पटक मतदान भएको थियो । संसदमा ११० जना सांसद छन् । जसमा सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने रसुवाबाट निर्वाचित सांसद प्रेमबहादुर तामाङ मतदान प्रक्रियामै सहभागी नै भएनन् । मतदान प्रकृयामा काभ्रेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरुले काभ्रेको पक्षमा तटस्थ बस्ने नाटक मञ्चन गरेर हेटौंडाको पक्षमा भने मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  २ : ०० बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल