२०८३, ९ भाद्र बुधबार

आफ्नै जिल्लाको प्रस्तावको विपक्षमा मतदान गर्ने माननीय !

आफ्नै जिल्लाको प्रस्तावको विपक्षमा मतदान गर्ने माननीय !


धुलिखेल, २७ पुसः काभ्रेबाट निर्वाचित ५ जना सांसदले प्रदेश तीनको स्थायी राजधानी काभ्रे हुनुपर्छ भन्ने प्रस्तावको विपक्षमा मतदान गरेर इतिहास रचेका छन् । विवेकशील पार्टी नेपालले काभ्रे प्रदेशको स्थायी राजधानी हुनुपर्ने माग सहित सदनमा प्रस्ताव दर्ता गरेको थियो ।

प्रस्तावमाथि आइतबार मतदान भयो । तर काभ्रेली सांसदहरुले प्रस्तावको विपक्षमा मतदान गरे । काभ्रेको पक्षमा विवेकशीलका तीन जना सांसद रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले मतदान गरे । तर काभ्रे जिल्लाबाटै निर्वाचित भएका प्रदेश सासंदहरु चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, रत्न ढकाल र गोमा भूर्तेलले काभ्रेकै विपक्षमा मतदान गरे ।

भिडियो पनि हेर्नुस

सभामुख सानु कुमार श्रेष्ठले काभ्रेको पक्ष र विपक्षमा मतदान गर्ने कोठा देखाइरहदाँ काभ्रेबाट निर्वाचित सांसदहरु भने एकैछिन अलमल परे जस्तो देखिन्थे । ढिलै भएपनि प्रदेशसभाको दुई तिहाइ मतले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागती कायम गरेको छ ।

तर काभ्रेली सांसदहरुलाई मतदाताको प्रश्नै प्रश्न छ । आफ्नै जिल्लाको विपक्षमा मतदान किन गरेको ? चुनाबका बेला दुई तिहाइ पुर्याउन मद्दत गर्नुस काभ्रे राजधानी ल्याउँछौँ भनेर किन मकवानपुरलाई सुम्पिएको ? पार्टी ठूलो कि मतदाता ? मतदातालाई किन बिर्सिएको ? बरु निर्वाचनमै सहभागि नभएको भए राम्रो हुन्थ्यो ? किन भने काभ्रेका ५ जना सांसदहरुले मतदान नगर्दा पनि दुईतिहाइ पुग्थ्यो । नेकपा प्रदेश संसदीय दलले पनि यस्तो कुरामा ख्याल पुर्याउनु पथ्र्यो । आफैले त प्रस्ताव दर्ता गर्ने आट नै गरेन । अरुले गरेको प्रस्तावमा समेत सहभागि हुन सकेनन ।

प्रदेशको नामका विषयमा फरक मत राखेका स्वतन्त्र सांसद प्रेम बहादुर तामाङ मतदान प्रक्रियामै सहभागि भएनन । काभ्रेली नेकपाका सांसदहरुले पनि त्यहि विवेक प्रयोग गर्न सक्थे । तर त्यसो गरेनन । त्यसो गरेको भए मतदाताले सान्त्वना मात्रै भएपनि पाउँथे । अहिले सामाजिक सञ्जाल देखि चिया, चौतारीसम्म मतको अबमूल्यन भएको गुसानो भइरहेको छ । रोष्टरमा उभिए काभ्रेको पक्षमा बोल्नु बाहेक काभ्रेलाई नै स्थायी राजधानी बनाउन उनीहरुको भूमिका खास देखिएन ।

संघीय सांसद गंगा बहादुर दोङ र गोकुल बाँस्कोटाको भूमिकामा थ्रुपै प्रश्न मतदाताले गरिरहेका छन । मतदाता माझ आभाष हुने गरी दोङ र बाँस्कोटाले कुनै गतिनिधि गरेनन । जसको फाइदा अर्को चुनावमा अहिलेको विपक्षी दलले लिदैँन भन्न सकिन्न ।

प्रकाशित मिति : २०७६, २७ पुस आईतबार  ७ : १७ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा