२०८३, ९ भाद्र बुधबार

जसले काभ्रेको पक्षमा मतदान गरे

जसले काभ्रेको पक्षमा मतदान गरे


धुलिखेल, २७ पुसः काभ्रेबाट निर्वाचिन ५ जना सांसदहरुले काभ्रेकै विपक्षमा मतदान गरि रहदाँ विवेकशील पार्टीका तीन जना सांसदले भने काभ्रेको पक्षमा मतदान गरेका छन । आइतबार विहान भएको प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउने प्रस्तावमाथि विवेकशीलका सासंद जना रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले काभ्रेको पक्षमा मतदान गरेका हुन ।

सांसद पौडेलले आफ्नै पार्टीका शाक्य र श्रेष्ठको समर्थनमा धुलिखेल स्थायी राजधानी बनाउने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । काभ्रेका लागि प्रस्ताव पर्दा पर्दै काभ्रेबाटै निर्वाचित सांसदहरुले पक्षमा मतदान गरेनन ।

काभ्रेबाट निर्वाचित चन्द्र लामा, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल र गोमा भूर्तेलले काभ्रेको पक्षमा मतदान गरेनन । आइतबारको मतदान प्रक्रियामा १०८ जना सांसद उपस्थित भएका थिए । जसमा विवेकशीलका ३ जनाले मात्रै काभ्रेका पक्षमा मतदान गरे । हेटौँडाको पक्षमा १०५ मत परेको छ । प्रदेशको स्थायी राजधानी र नामको छिनोफानो गर्न दुई तिहार मत आवश्यक पथ्र्यो । प्रदेश तीनको सदनमा ११० जना सांसद छन ।

सभामुख सानु कुमार श्रेष्ठले काभ्रेको पक्ष र विपक्षमा मतदान गर्ने कोठा देखाइरहदाँ काभ्रेबाट निर्वाचित सांसदहरु भने एकैछिन अलमल परेको जस्तो देखिथे ।

प्रकाशित मिति : २०७६, २७ पुस आईतबार  १२ : ३० बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा