२०८३, ३० भाद्र बुधबार

काग्रेँसद्धारा पनौती नगरपालिकाको छैठौँ नगरसभा बहिष्कार

काग्रेँसद्धारा पनौती नगरपालिकाको छैठौँ नगरसभा बहिष्कार


धुलिखेल, २५ पुस ः पनौती नगरपालिकाको छैठौँ नगरसभा नेपाली काँग्रेसका प्रतिनिधिहरुले बहिष्कार गरेका छन । नगरपालिकाका प्रमूख भिमप्रसाद न्यौपाने बोल्ने कार्यसूचिमा वडा नम्बर १ का वडाध्यक्ष गुणनाथ सापकोटाले उठेर विपक्षी दललाई होच्याउने खालका अभिब्यक्ति दिएकोभन्दै सभा बहिष्कार गरेर काँग्रेसका प्रतिनिधिहरु हिडेका हुन ।

नगरसभा अन्तर्गत १२ ओटै वडाका वडाध्यक्षहरुले आ—आफ्नो भनाई राखेका थिए । त्यसपछि ९ जना वडासदस्यहरुले बालेका थिए । वडाध्यक्ष र वडासदस्यहरुले उठाएको सवालमा नगरप्रमुखले जवाफ नदिएर वडा नम्बर १ का वडाध्यक्ष सोपकोटाले नै जवाफ दिएपछि आफुहरु उठेर हिडेको वडा नम्बर १० का वडाध्यक्ष मोहन बहादुर भण्डारीले बताए । ‘नगरप्रमुखले जवाफ दिने कार्यसूचि हुदाँ हुदँै वडा नम्बर १ का अध्यक्षज्यू उठेर जवाफसँगै विपक्षीलाई होच्याउने अभिब्यक्ति दिन थाल्नु भयो, उनले भने ‘त्यसपछि काँग्रेसबाट निर्वाचित सबै सदस्यहरु उठेर हिड्यौ ।’ वडाध्यक्ष भण्डारीले संसदीय मर्यादा हनन भएको समेत दाबी गरे ।

तर नगरपालिकाका उपप्रमुख गीता बञ्जराले भने काँग्रेसले सभा बहिष्कार नगरेको बताइन । शून्य समयमा वडा नम्बर १ का वडाध्यक्षले आफ्नो भनाई राख्ने क्रममा काँग्रेसका प्रतिनिधिहरु उठेर हिडेको उपप्रमूख बञ्जराले बताइन । ‘सँगै खाना र खाजा खाएका छौँ, उहाँहरुले पनि आ–आफ्नो धारणा राख्नुभएको छ, उपप्रमुख बञ्जराले भनिन ‘शुन्य समयमा वडा नम्बर १ का वडाध्यक्ष बोल्दै गर्दा उहाँले उडेर हिड्नुभयो ।’

हिजोबाट सुरु नगरसभा विभिन्न निर्णय गर्दै आज सकिएको छ । नगर कार्यपालिकामा नेपाली काँग्रेसबाट २३ जना सदस्य छन । पनौतीको १२ मध्ये ६ वटा वडामा नेपाली काँग्रेसका निर्वाचित जनप्रतिनिधि छन ।

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ६ : १६ बजे

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक