२०८२, २९ चैत्र सोमबार

काभ्रेमा क्रसर उद्योगीको मनपरी, दर्ता बिना नै बगर र पहाड रित्याउँदै (भिडियो सहित)

काभ्रेमा क्रसर उद्योगीको मनपरी, दर्ता बिना नै बगर र पहाड रित्याउँदै (भिडियो सहित)


धुलिखेल, २२ पुस काभ्रेको पनौती, नमोबुद्ध र बेथानचोक गाउँपालिकामा रहेका क्रसर उद्योग मापदण्ड विपरित चलिरहेको पाइएको छ । जिल्ला अनुगमन समिति काभ्रेले पनौतीको धनेश्वरी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

पनौती नगरपालिका वडा नम्बर ५ खड्पुमा रहेको धनेश्वरी क्रसर उद्योगका सञ्चालक तीन दिनभित्र बन्द गर्न समितिले निर्देशन दिएको हो । अनुगमनका क्रममा अवैधानिक र मापदण्डविपरीत सञ्चालन भइरहेको पाएपछि उद्योग सञ्चालक शेषनारायण सुवाललाई बन्द निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।

भिडियोमा हेर्नुस 

 

पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको २०५२ देखि सञ्चालनमा आएको हो । अनुगमन समितिले यस्तै नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा २०६१ देखि सञ्चालनमा रहेको पशुपति रोडा–ढुङ्गा उद्योग दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ ।

त्यसैगरी रोशी गाउँपालिका वडा नम्बर २ मा २०६५ देखि सञ्चालन भइरहेको ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालि पनि कतै दर्ता भएको छैन । नमोबुद्ध नपा वडा नम्बर ६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालि र बेथानचोक गाउँपालिका वडा नम्बर ४ मा २०६६ देखि सञ्चालन भइरहेको एसएस रोडा–ढुङ्गा उद्योग पनि दर्ता नगरी सञ्चालन हुदैँ आएको पाइएको छ ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : १८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४