२०८२, ५ फाल्गुन मंगलबार

काभ्रेका प्रदेश सांसदः चुनावी बाचा नभुल

काभ्रेका प्रदेश सांसदः चुनावी बाचा नभुल


धुलिखेल, २१ पुसः संघीय संरचनापछि सरकार गठनमा प्रदेश तीन सबैभन्दा पहिला रह्यो । तर दुई वर्ष वित्तिसक्दा पनि स्थायी राजधानी र सिमांकनमा भने अहिलेसम्म अनिर्णित बनिरहेको छ ।

अघिल्लो आइतबार नेकपाको केन्द्रिय सचिवालयले स्थायी राजधानी हेटौँडा नै कायम गर्ने निर्णय गरेपछि फेरी एक पटक प्रदेश ३ को राजधानीको बहस सतहमा आएको छ । स्थायी राजधानी कहाँ रहने भन्ने विषय जब सतहमा आउँछ त्यो बेला सबैभन्दा बढी काभ्रेली सांसदहरु नै अग्रपंत्तिमा आउँछन् ।

संसदको अघिल्लो अधिवेशनमा पनि काभ्रेली सांसदहरुले प्रदेशको स्थायी राजधानी काभ्रे हुनुपर्ने प्रस्ताव दर्ता गरेका थिए । तर उक्त प्रस्ताव उपर कुनै कारबाही भएको छैन । उल्टै पार्टी केन्द्रले स्थायी राजधानी हेटौँडा र नाम बागमती रहने निर्णय गरेपछि काभ्रेली सांसदहरु तनाबमा छन ।

काभ्रेली सांसद किन तनाबमा ?
सायद काभ्रेबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु अहिले पनि चुनावी प्रतिस्पर्धाका बेला जनतासँग गरेको बाचा सम्झिरहेको हुनुपर्छ । किन भने उनीहरु हरेक आम सभामा प्रदेशको राजधानी जसरी पनि काभ्रे नै ल्याउने मतदातासामु प्रतिबद्धता जनाउथेँ ।

काभ्रेको विकट डाँडापारी देखि कोशीपारीसम्मका आमसभाहरुमा खास गरी नेकपाबाट उम्मेवार बनेकाहरुले विकास निर्माणको ढोका खोल्न पनि प्रदेश राजधानी काभ्रे नै चाहिने र कुनै पनि हालतमा ल्याएरै छोड्ने बताउँथे । तर अहिले पार्टी केन्द्रले सांसदहरुको अधिकार समेत कुण्ठित गर्दै निर्णय गरेपछि काभ्रेली सांसदहरु तनाबमा परेका छन ।

अहिले काभ्रेको ४ वाटै प्रदेश सिटबाट नेकपाकै उम्मेवार विजयी भएर प्रदेशसभामा प्रतिनिधित्व गर्छन । उनीहरु चुनावी प्रतिस्पर्धामा उत्रिदैँ गर्दा अस्थायी राजधानी हेटौँडा कामय भैसकेको थियो ।

‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’
हुन त नेकपाको प्रदेश तीन संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले स्थायी राजधानी हेटौँडामा राख्न नहुने धारणा राखेका छन । तर काभ्रे बाहेकका अन्य सांसदले काभ्रेलाई नै समर्थन गर्छन भन्ने आधार के ?

किन भने चितवन र नुवाकोट पनि राजधानी दाबी गर्ने जिल्लाभित्र पर्छन । अहिले काभ्रेली सांसदहरुलाई भने चुनावी बाचा पुरा गर्ने कि ? पार्टीको ह्वीप मानेर जाने भन्ने अवस्था आएको छ ।

पार्टीको ह्वीप माने मतदातालाई के जवाफ दिने ?

मतदातालाई खास मतलब छैन
जब जब प्रदेश तीनको राजधानीको बहस सतहमा आउँछ । काभ्रेबाट विजयी सांसदहरु मात्रै अग्रभागमा पर्छन । जनस्तरमा भने राजधानीले खास महत्व बोकेको देखिदैन । भलै चुनावमा बोलेका कुरा केहि मतदाताको मस्तिक र मोबालाइमा रेकर्ड होलान ।

काभ्रेमा प्रदेश राजधानी हुनुपर्ने थुप्रै आधार र कारण छन् । मूख्यमन्त्री, मन्त्री, सांसद सबै अट्ने ठाउँ पनि छ । तर काभ्रेमा प्रदेशको राजधानी हुनै पर्छ भन्नेमा जनतामात्रै होइनन बौद्धिक मानिएका नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल समेत यो कितामा उभिएका छै्रनन । यदि हुदो हो त नेकपाको सचिवालय बैठकको निर्णय सार्वजनिक हुने वित्तिकै यहाँका नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल एकजुट हुन्थे । त्यो अहिलेसम्म देखिएको छैन ।

नेपाली काँग्रेसले राजधानी काभ्रे ल्याउन नेकपाले नसकेको भनेर आगामी चुनावको दाउ मात्रै छोपिरहेको देखिन्छ । किन भने शेर बहादुर देउवा प्रधानमन्त्री हुदाँ नै हो स्थानीय राजधानी हेटौँडालाई तोकेको । नेकपाका पनि एक तहका नेता कार्यकर्ता राजधानी आउँदैन भन्नेमा ढुक्क छन ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ८ : ५९ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १