२०८३, २१ आश्विन बिहीबार

काभ्रेको नारायणस्थान, सिन्धुपाल्चोकको मुडे र हेलम्बुमा हिमपात (फोटो फिचर)

काभ्रेको नारायणस्थान, सिन्धुपाल्चोकको मुडे र हेलम्बुमा हिमपात (फोटो फिचर)


धुलिखेल, २० पुस : विगत तीनदिन देखि मौसममा आएको बदलीसँगै काभ्रेको बेथानचोक गाउँपालिकामा पर्ने नारायणस्थानमा हिउँ परेको छ । शनिबार दिउँसो देखि नै नारायणस्थानमा हिउँ परेको हो । हिउँपरेपछि चिसो पनि निकै बढेको छ । जनजीवन थप कष्टकर बनेको छ ।

उता सिन्धुपाल्चोक जिल्लाको मुडे र हेलम्बुमा पनि हिउँ परेको छ । लिसंखु पाखर गाउँपालिकाको मुडे र हेलम्बु गाउँपालिकाको उच्च भागहरुमा हिउँ परेको हो । हेलम्बु, रेर्माथाङ, मेलम्ची घ्याङ, घ्याङह्वील लगायतका स्थानमा भारी हिमपात भएको छ ।

हेलम्बु क्षेत्रमा धेरै हिउँपरेका कारण मानिसलाई बाहिर हिड्डुल गर्न समेत निकै समस्या भएको छ ।

मुडेमा हिउँपर्दा लामुसाँघु जिरी सडक खण्ड अवरुद्ध समेत बन्न पुगेको थियो ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ८ : ३५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले