२०८३, २० आश्विन बुधबार

संसाद महेश बस्नेतद्धारा भक्तपुरमा एक लाख ३० हजार लिटर खानेपानी ट्याङ्कीको उद्घाटन

संसाद महेश बस्नेतद्धारा भक्तपुरमा एक लाख ३० हजार लिटर खानेपानी ट्याङ्कीको उद्घाटन


भक्तपुर, १९ पुस सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्यांकीको शनिबार उद्घाटन गरिएको छ ।

सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ताक्ता समिति र ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति युवा क्रियाकलाप समाजको ४३ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न खानेपानी ट्याङ्कीको उद्घाटन गरिएको हो ।

११ आना जग्गामा निर्माण भएको ट्याङ्कीको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उद्घाटन गर्नुभएको हो । सांसद बस्नेतले आफ्नो पहलमा भक्तपुरमा आएका ठूला विकास कार्यक्रमको घोषणा गर्दै ती कार्यक्रमहरु पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“विगतमा विकासको दृष्टिकोणले वत्तिमुनीको अध्यारो भएको भक्तपुर अब विकास र आर्थिक समृद्धि तफए लम्कदैछ, संघीयताको कार्यान्वयनसँगै तीनवटै सरकारले भक्तपुरको विकासलाई मूख्य केन्द्रको रुपमा राखेका छन् । जसको पुलको भूमिका मैले निर्वाह गरेको छु, विकासको सारथीको रुपमा उभिएर विकासको गतिलाई तिव्रता दिदैछु, त्यसैले विकास नभएर अब भक्तपुरका बासिन्दाले शिर निहुराउनु पर्ने दिन सकिए ।”

भक्तपुरमा सडक, ढल, खानेपानी, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, ठूला साना पुललगायतका असंख्य योजनाहरु व्यापक मात्रामा आफ्नो पहलमा अघि बढेको बताउदै जनताको आवश्यकता र चाहना अनुसार विकास अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सांसद बस्नेतले भक्तपुरलाई आधुनिक र समृद्ध बनाउने महत्वकांक्षी २५ योजनाहरुको घोषणा गर्नुभयो । जसमा ‘सूर्यविनाकय धुलिखेल ६ लेनको सडक निर्माण, अन्तर्राष्ट्रिय रंगशालाको निर्माण, अन्तर्राष्ट्रिय सभागृहको निर्माण, वीर अस्पतालको निर्माण, हनुमन्ते तथा मनोहरा नदी कोरिडोर निर्माण, राष्ट्रिय प्राणी उद्यान, स्मार्ट सिटी, सर्भिस ट्र्याक निर्माण, सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलगातको विकास,। इको भिलेजको निर्माण सम्पन्न गराउने घोषणा गर्नुभयो ।

त्यर्सैगरि ग्रामिण पर्यटकीय स्थलको विकास तथा संरक्षण, अव्यवस्थित रहेको विजुलीको तारलाई अण्डरग्राउण्ड, एक वडा एक मुल सडक तथा भौतिक पूर्वाधारको विकास, भक्तपुरमा जहाँ जनमूखि योजना त्यहाँ तीनै तहका सरकारबाट बजेट, साना सडकलाई ठूलो सडक, ठूलो सडकलाई कालोपत्रे तथा अन्तर्राष्ट्रिय स्तरका सडक विस्तार, भक्तपुर र काभ्रेलाई जोड्ने सडक सञ्जाल विस्तार गर्ने, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका ६ वटा कार्यालयलाई २५ रोपनी जग्गामा व्यवस्थित तथा आधुनिक तवरले निर्माण गर्ने र भक्तपुरको सदरमुकामको रुपमा स्थापीत गर्ने, कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा वैज्ञानिकीकरण गर्ने, आधुनिक कृषि बजार निर्माण गर्ने, सुरुङ मार्ग निर्माण गर्ने, अलपत्र परेका सवै सडकहरु यो वर्ष नै निर्माण गर्ने, व्यस्त बजारमा वान वे को विकास गर्ने, जडिबुटीको जामलाई अन्त्य गर्न सर्भिस ट्र्याक निर्माण गर्ने, बेलिव्रीज निर्माण सँगै मनोहरा तथा हनुमन्ते करिडोर सञ्चालनमा ल्याउने र कोटेश्व–जडिबुटीको सवारी जामलाई न्युनिकरण गर्ने र कन्भेन्सन हलको निर्माण गर्ने योजना सार्वजनिक गर्नुभयो ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  १० : ३९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय