२०८२, २ माघ शुक्रबार

धुलिखेलको वडा नम्बर ८ मा फेरी थपियो पार्क

धुलिखेलको वडा नम्बर ८ मा फेरी थपियो पार्क


धुलिखेल, १९ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा फेरी अर्को पार्क थपिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र विन्दु बन्दै गएको धुलिखेलमा एक पछि अर्को पार्क बन्दै छन् । त्यहि क्रममा शनिबार अरनिको राजमार्गमा पार्क शिलान्यास गरिएको वडाध्यक्ष निराज जंगमले जानकारी दिए ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले बनाउन लागेको पार्क नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले शिल्यानास गर्नुभएको हो । १० लाख रुपैयाँ खर्च हुने पार्क २०७७ सालको बैशाख महिनाभित्र निर्माण पुरा हुनेछ । नेपालमा दिवंगत अस्ट्रेलियन पर्यटकको स्मृतिमा पार्क निर्माण गरिन लागेको हो ।

यो सहित वडा नम्बर ८ मा मात्रै ६ वटा पार्क बन्ने छन् । करिब ५ करोडको लागतमा देवीस्थान पार्क बनिरहेको छ । त्यस्तै बलभद्र कुवँर पार्क, गुरुप्रसाद मैनाली पार्क, संविधान पार्क, सूर्यादय पार्क र स्तुपा सहितको अर्को पार्क पनि बनाउने योजना रहेको वडाध्यक्ष जंगमले बताए ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ६ : २५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा