२०८३, २१ आश्विन बिहीबार

काभ्रेबाट अनेरास्ववियुको केन्द्रिय कमिटीमा ११ जना चयन

काभ्रेबाट अनेरास्ववियुको केन्द्रिय कमिटीमा ११ जना चयन


धुलिखेल, १९ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबैभन्दा ठूलो भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रिय कमिटीमा काभ्रेबाट ११ जना चयन भएका छन । मुलपार्टी पूर्व एमाले र पूर्व माओवादी एकता भएपछि संगठनको एकता प्रक्रिया टुंग्याउने क्रममा काभ्रेबाट झण्डै एक दर्शनले केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

जिल्लाबाट जेनिश लामा, समिक बडाल, यशु लामा, निरोज पाण्डे, सालिकराम पराजुली, रुपक खनाल, सञ्जय लामा, गोविन्द बाँनिया, दूधराज लामा र सुन्दर खड्का केन्द्रिय समितिमा परेका हुन ।

त्यस्तै केन्द्रिय अनुशासन आयोगमा काभ्रेबाट हरिषचन्द्र घिमिरेले प्रतिनिधित्व गर्ने भएका छन् । अनेरास्ववियूको एकता टुंगिएसँगै केन्द्रिय कमिटी ३ सय ३५ सदस्यीय भएको छ । पूर्व एमालेका १ सय ८० र पूर्व माओवादीका १ सय ५५ जना विद्यार्थी समावेश गरी केन्द्रिय कमिटी निर्माण गरिएको हो ।

अनेरास्ववियुको केन्द्र संयोजकमा पूर्व एमालेबाट ऐन महर र पूर्व माओवादीबाट रञ्जित तामाङ सह संयोजकमा रहनुभएको छ । केन्द्रमा संगठन एकता भएसँगै अब जिल्ला जिल्लामा पनि एकताको प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  १ : २६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले