२०८२, २९ फाल्गुन शनिबार

धुलिखेलमा भ्रमण वर्षको पहिलो दिन, स्थानीय जातजातिको झाँकी प्रर्दशन (भिडियो सहित)

धुलिखेलमा भ्रमण वर्षको पहिलो दिन, स्थानीय जातजातिको झाँकी प्रर्दशन (भिडियो सहित)


धुलिखेल, १६ पुस, काभ्रेको पर्यटकीय नगर धुलिखेलमा भ्रमण वर्ष २०२० को भब्य सुरुवात गरिएको छ । बुधबार अरनिको शालिकबाट सुरु भएको प्रभातफेरीले धुलिखेलको विभिन्न भाग परिक्रमा गरेको थियो ।

अरनिको शालिकबाट निकालिएको प्रभातफेरीमा स्थानीय नेवार समुदायको लाखे, बासुरी र धिमे नाच समावेश गरिएको थियो । त्यस्तै भट्टेडाडाँबाट निकालिएको प्रभातफेरीमा लामा नाच, बोन्बो नाच, मादल सहितको दोहिरी नाचले रौनकता दिएको थियो । स्थानीय कला र संस्कृतीसँगै नेपाली सेनाको साँस्कृतिक समूहको सहभागिताले प्रभातफेरीलाई थप हौसला प्रदान गरेको थियो ।

हेर्नुस भिडियोमा

प्रभातफेरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै जिल्लाका उच्चपदस्थ अधिकारीहरु समेत सहभागि भएका थिए । भट्टेडाँडा र अरनिको शालिकबाट निकाएको प्रभातफेरीको टोली जिल्ला समन्वय समिति नजिकै एकअर्कामा मिसिए । प्रभातफेरी पिपलबोटमा पुगेर कोणसभामा परिणत भयो । त्यहाँ संघीय सांसद गंगा बहादुर दोङले प्रदेश सरकारको ५ लाख र धुलिखेल नगरपालिकाको ५ लाख रुपैयाँ सयोगमा बन्ने भ्रमण वर्ष २०२० को स्तम्भ सिलान्यास गर्नुभयो ।

विदेशी पाहुनाहरुलाई सांदस दोङ, प्रमूख अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला समन्वय समितका प्रमूख उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमूख अशोक ब्याञ्जु खादाले सम्मान गरे । महिला समूहले टिका लगाइदिए ।

प्रकाशित मिति : २०७६, १६ पुस बुधबार  ३ : ०६ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज